निर्देशनमा फर्किए तुलसी घिमिरे
काठमाडौँ। निर्देशक तुलसी घिमिरे नेपाली फिल्म क्षेत्रका लागि नौलो नाम होइन। नेपाली फिल्मलाई व्यवसायिक रुपमा सानदार फड्को मार्ने बनाउने नाम हो, तुलसी घिमिरे थियो।
‘बाँसुरी, कुसुमे रुमाल, अन्याय, चिनो, लाहुरे, दुई थोपा आँशु, दक्षिणा, देवता, बलिदान, दर्पण छाँया’ जस्ता अजम्बरी र कालजयी फिल्म दिएका उनी निर्देशकसँगै सम्पादक, छायाँकार, पटकथाकार र अभिनेता समेत हुन्।
तर, विगत झैँ उनी वर्तमान अवस्थामा निर्देशनमा सक्रिय छैनन् । पछिल्लो फिल्म ‘दर्पण छायाँ २’ को असफल भएपछि उनले नयाँ फिल्मको निर्देशन गरेका छैनन्। अब भने उनी निर्देशनमा फर्किने तयारीमा जुटेका छन्। उनै घिमिरेले फिल्म ‘पहाड’ घोषणा गरेका छन्। पछिल्लो फिल्म ‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका निर्देशक घिमिरेले माघेसंक्रान्तिको अवसर पारेर फिल्मको शिर्षक घोषणा गरेका हुन्।
माघ ६ गतेदेखि छायांकन गर्ने तयारी रहेको फिल्मको सार्वजनिक टाइटल मोसनलाई ट्राइडेन्ट भिएफएक्सका सुनिल थापाले तयार गरेका हुन् भने पोस्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो।
विपिन कार्कीको अभिनय रहने फिल्ममा लेखन तथा निर्देशन तुलसी घिमिरेको रहनेछ। यसमा ओजश्वी केसी निर्माता, प्रमोद प्रधान डिओपी, रञ्जित गजमेर सङ्गीत निर्देशक, भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन्।
रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेको फिल्म नेपालमा वैङ्क्टेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ। यसको टाइटल मोसन ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
४.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




