आजको भाग्यफल
आज बुधबार, २ माघ। हेर्नुस् आजको राशिफल
मेष : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सुन्दरतामा धन खर्च हुनेछ। एकोहोरो मायाले सताउनेछ। कडा मिहिनेतले मात्र गरिएको कामबाट लाभ हुने सम्भावना छ। स्वास्थ्यप्रति सजग रहनुहोला, अन्यथा धन खर्च हुनेछ।
वृष : मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। रमणीय, सुखद, धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। अतिथिको रूपमा सत्कार पाइएला।
मिथुन : अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। परिवारका सदस्यसँग भेटघाट हुनेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। आकस्मिक धनलाभ हुन सक्छ।
कर्कट : चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। व्यापार-व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्।
सिंह : यात्रामा बिघ्नबाधा आइलाग्न सक्छ। आहारविहारप्रति विशेष ध्यान दिन आवश्यक छ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। साँझमा लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन।
कन्या : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। घरपरिवारका सदस्यबाट सहयोग पाइएला। रमणीय र सुखद यात्राको योग छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। आफन्त, प्रेमी वा बन्धुबान्धवबाट विशेष सहयोग मिल्नेछ।
तुला : विद्या र बुद्धिको विकास हुनेछ। पारिवारिक भेटघाटमा रमाइन्छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। प्रेम जीवन सफल र सुखद रहने देखिन्छ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।
वृश्चिक : मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ। चिताएको कामले तीव्रता लिनेछ। पेसा(व्यवसायका क्षेत्रमा विशेष लाभ हुने देखिन्छ।
धनु : यात्रामा पैसा खर्च हुने योग छ। मालसामान हराउन सक्छ। कार्य सम्पादनमा समस्या आउला। चोटपटकको भय छ सचेत रहनुहोला। प्यारो साथीसँग भने मन खिन्न रहनेछ। त्यसैले प्रेमीको विचारलाई कदर गर्नु उचित हुनेछ।
मकर : यात्राको योग छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। कसैकसैलाई सन्तान लाभ हुन सक्छ। मनोरञ्जनमा सहभागी भइएला। सेयर बजारमा गरेको लगानीले पछि राम्रै लाभ दिनेछ।
कुम्भ : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवले सहयोग गर्नेछन्। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। रमाइलो यात्राको योग छ। विचार गरेर निर्णय लिनु उचित हुनेछ। साँझमा रमाइलो यात्राको सम्भावना छ।
मीन : अधुरा काम फत्ते हुनेछन्। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
भक्तपुरमा गाडी दुर्घटना, ३ को मृत्यु
भक्तपुर। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा...
पुल्चोकको दाउरा थकाली आगलागीबाट पूर्ण नष्ट, क्षतिको एकीन हुँदै
ललितपुर । पुल्चोकस्थित दाउरा थकाली रेष्टुरेन्टमा आगलागी हुँदा पूर्णतः क्षति भएको छ । रुफटप सहित रेष्टुरेन्टको दुई तला पूर्ण...
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...
जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...




