समाचार

इजरायल र हमासबीच युद्ध नगर्ने सहमति

इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक बनाइएकाहरूको रिहाइका लागि सम्झौता भएको छ। इजरायल र हमासबीचको यो सम्झौता कतारमा अन्तिम रूप दिइएको छ। बन्धक बनाइएका छुट्ने भएसँगै नेपाली युवा विपिन जोशी पनि छुट्ने आश बढेको छ। उनी लामो समयदेखि सम्पर्कविहीन छन्।

यो जानकारी युद्धविराम सम्झौताको बारेमा जानकार एक स्रोतले बीबीसीलाई दिएको हो। हमासका एक अधिकारीले बीबीसीलाई बताएअनुसार उनले कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई हमासले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको जानकारी गराएका छन्।

गाजामा हमास र इजरायलबीच अक्टोबर ७, २०२३ देखि युद्ध चलिरहेको छ। हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा २५१ जनालाई बन्धक बनाएको थियो। हाल भने हमाससँग ९४ इजरायली बन्धक मात्र बाँकी छन्। तर इजरायलले यी बन्धकमध्ये ६० जना मात्र बाँचेको बताएको छ।

जवाफमा इजरायलले हमासविरुद्ध गाजामा सैन्य आक्रमण सुरु गर्दा युद्ध जारी रहेको हो। गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ४६ हजार ५०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्।

सम्बन्धित समाचार

झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु

झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु

काठमाडौँ। रूकुम पश्चिममा झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका १० टोड्के घर भई मुसिकोट...

प्रधान सम्पादक नियुक्तिका लागि कान्तिपुरले गर्‍यो दरखास्त आह्वान

प्रधान सम्पादक नियुक्तिका लागि कान्तिपुरले गर्‍यो दरखास्त आह्वान

काठमाडौँ। कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर दैनिकको प्रधान सम्पादक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। यसअघिका प्रधान सम्पादक उमेश चौहानले...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित बागवानीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार...

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ। इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल दलित मुक्ति मोर्चा’ले राजधानीमा प्रदर्शन गर्ने भएको छ । मोर्चाले...