काठमाडौँँ। अभद्र व्यवहार कसुरमा पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। बुधबार दिउँसो स्वयम्भू प्रहरीले पक्राउ परेकी तामाङमाथि थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।
गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धान गर्न तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले पुस २८ गते नै अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो। उनीमाथि प्रहरी वृत गौशलाले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।