कप्तान फेरिँदा पनि पुलिसलाई जय ट्रफीको उपाधि
काठमाडौँ। यसपटक विभागीय टोली नेपाल पुलिसमाथि संशय थियो, कप्तान दीपेन्द्रसिंह ऐरीबिना कसरी मैदान उत्रेला? अलराउन्डर ऐरी यूएईको घरेलु मैदानमा हुने प्रतियोगिता खेल्न जानुपर्दा जय ट्रफीका कुनै खेलमा मैदान उत्रिएनन्। यसले पुलिसलाई धक्का लाग्ने अनुमान थियो।
यसपछि पुलिसको कप्तान रहे, आरिफ सेख। यसअघिको नेपाल प्रिमियर लिग (एनपीएल)मा खासै लयमा नदेखिएका सेखले कप्तानी सम्हाल्नु पर्यो। तर आरिफले पनि खेललाई सबै खेलमा समय दिन सकेनन्। सेखबाट केही खेलमा कप्तानी हस्तान्तरण भयो, कुशल भुर्तेललाई। भुर्तेल लामो समयदेखि राष्ट्रिय टोलीको व्याटिmमा संघर्षरत थिए। उनको ब्याटले रन हानिरहेको थिएन।
यसअघिको एनपीएलमा पनि भुर्तेलको व्याटले रन हानेन। यसपछि पुलिसलाई अर्को झड्का लागेको थियो, अनुभवी खेलाडी करण केसी इन्ज्युरी थिए। तर, यसका बाबजुत पनि पुलिसले उपाधि जित्यो। जय ट्रफीमा गएको सिजनका लिग शीर्ष चार टोली भिड्दै थिए। तर ३ टिममाथि दबाब कायम गर्दै पुलिस विजेता बन्यो। आज वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा बिहीबार सम्पन्न तीन दिवसीय फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको हो।
उपाधि भिडन्तमा सामान्य लक्ष्य पुरा गर्न आर्मी २८ रनले चुक्यो। पहिले ब्याटिङ गरेको पुलिसले अन्तिम खेलमा १०३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। तर आर्मी ७४ रनमै अलआउट हुँदा उपाधिको सपना चकनाचुर बन्यो।
पुलिसको जितमा सागर ढकाल र ललितनारायण राजवंशी चम्किए। सागरले ६ विकेट र ललितले ४ विकेट लिए। सागरले १४।२ ओभरमा ३५ रन खर्चिँदा ललितले १५ ओभरमा ३९ रन दिए। सागर ‘प्लेयर अफ द म्याच’ बने।
आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाए। सोमपाल कामी र विनोद भण्डारीले समान ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
पुलिस १३९ रनमा अलआउट हुँदा १०२ रनको अग्रता बनाएको थियो। ओपनर कुशल भुर्तेलले सर्वाधिक ४५ तथा दिलिप नाथले ३४ रन बनाए। राशिद खानले १८ रनको योगदान दिए। पुलिसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। आर्मीका साहब आलम र बसिर अहमदले समान ५ विकेट लिए।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम
सम्बन्धित समाचार
पश्चिम एसिया तनाव : स्थगित भयो नेपालमा हुने लिग २ को एकदिवसीय शृंखला
काठमाडौं। पश्चिम एसियामा जारी तनावका कारण आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित...
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
काठमाडौँ। साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...
वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...
आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा
काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...




