![को हुन् अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गर्ने रास्वपा कार्यकर्ता?](https://khabarsewa.com/wp-content/uploads/2025/01/dinesh.jpg)
काठमाडौँ। रवि लामिछानेको विरुद्धमा बहस गरेर बाहिर निस्कँदा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट भयो। जिल्ला अदालत काठमाडौँको परिसरमा भएको कुटपिट प्रहरीले साम्य पार्यो।
त्रिपाठ्ठीले लामिछानेविरुद्ध अर्थात सहकारी पीडितको पक्षमा वकालत गरेका थिए। बहस सकेर बाहिर निस्केर उनले लामिछाने थुनामै पर्नुपर्ने विश्लेषण समेत गरेका थिए। त्यसलगत्तै उनी कुटिए।
प्रहरी स्रोतका अनुसार त्रिपाठीलाई कुट्ने व्यक्ति हिजो (बुधबार) अदालत परिसरबाटै पक्राउ परेका छन्। त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति दोलखाका ललित केसी हुन्।
उनी रास्वपाका कार्यकर्ता हुन्। उनीमाथि त्रिपाठीले बिहीबार सिंहदरबार वृत्तमा त्रिपाठीले ज्यान मार्ने उद्योग र आपराधिक उपद्र्वको कसुरमा जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले बताए।
प्रहरीले कुटपिट लगतै अदालत परिसरबाटै दोलखाका ललित केसीलाई पक्राउ गरेको छ। उनीविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्र्वको कसुरमा ७ दिन म्याद थप गरेर अनुसन्धान अगाडी बढाइएको अधिकारीले बताए।