राजनीति

को हुन् अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गर्ने रास्वपा कार्यकर्ता?

काठमाडौँ। रवि लामिछानेको विरुद्धमा बहस गरेर बाहिर निस्कँदा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट भयो। जिल्ला अदालत काठमाडौँको परिसरमा भएको कुटपिट प्रहरीले साम्य पार्यो।

त्रिपाठ्ठीले लामिछानेविरुद्ध अर्थात सहकारी पीडितको पक्षमा वकालत गरेका थिए। बहस सकेर बाहिर निस्केर उनले लामिछाने थुनामै पर्नुपर्ने विश्लेषण समेत गरेका थिए। त्यसलगत्तै उनी कुटिए।

प्रहरी स्रोतका अनुसार त्रिपाठीलाई कुट्ने व्यक्ति हिजो (बुधबार) अदालत परिसरबाटै पक्राउ परेका छन्। त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति दोलखाका ललित केसी हुन्।

उनी रास्वपाका कार्यकर्ता हुन्। उनीमाथि त्रिपाठीले बिहीबार सिंहदरबार वृत्तमा त्रिपाठीले ज्यान मार्ने उद्योग र आपराधिक उपद्र्वको कसुरमा जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले बताए।

प्रहरीले कुटपिट लगतै अदालत परिसरबाटै दोलखाका ललित केसीलाई पक्राउ गरेको छ। उनीविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्र्वको कसुरमा ७ दिन म्याद थप गरेर अनुसन्धान अगाडी बढाइएको अधिकारीले बताए।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...