
काठमाडौँ। एमाड डियालोको ह्याट्रिकमा इंग्लिस प्रिमियर लिगमा म्याचेस्टर युनाइटेडले जित हासिल गरेको छ। घरेलु मैदानमा युनाइटेडले बिहीवार साउथह्याम्पटनलाई ३-१ ले हरायो। खेलको अन्त्यतिर डियालोले ह्याट्रिक पूरा गरे।
खेलमा अग्रता साउथ लियो। ४२ औं मिनेटमा युनाइटेडका म्यानुअल उगार्टेको आत्मघाती गोलमा साउथह्याम्पटनले अग्रता बनायो। डियालोले ८२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । ९०औं दोस्रो गोल गरेका डियालोले इन्ज्युरी समयमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे ।
युनाइटेड २१ खेलमा २६ अंकका साथ १२औं स्थानमा उक्लेको छ । साउथह्याम्पटन ६ अंकका साथ तालिकाको पुछारमा छ ।