केक्यानको फ्लोसिप तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न
काठमाडौँ । कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) ले भव्यताका साथ फ्लोसिप एवम् मेम्बरसिप प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ। राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाको प्रमुख आतिथ्यता एवं नेपाल प्रहरीका पूर्वडीएसपी, अधिवक्ता एवम् सरोकार केन्द्रका अध्यक्ष गोविन्द पन्थी, कोरियाबाट नेपाल फर्की आउनु भएका सम्पूर्ण नेपालिहरुको साझा सस्था अङ्कुर नेपालका निबर्तमान अध्यक्ष प्रकाश सुवेदीको आतिथ्यतामा कार्यक्रम भएको थियो।

तिमिल्सिनाले नेपाललाई शैक्षिक हवको रूपमा विकास गर्न सकिने कुरामा प्रचुर सम्भावना भएको कुरा औलाउनु भयो। यसो हुन सकेमा देशको छिटै सामाजिक आर्थिक विकास गर्न टेवा पुग्नेछ भन्ने कुरा ब्यक्त गर्नु भयो।
यसै गरि अर्का अतिथि रुद्र प्रसाद शर्माले म करिब २५ वर्ष देखि कोरियाको सामाजिक, शैक्षिक क्षेत्रमा अध्ययन गर्दा कोरियामा सुलभ मुल्यमा उच्च शिक्षा हासिल गर्न सकिने र सुरक्षाको हिसाबले पनि सुरक्षित गन्तब्य रहेको कुरा ब्यक्त गर्नुभयो र भन्नु भयो मेरो छोरी समेत कोरियामा पढदै गरेको कुरा यहाँ माझ राख्न चाहन्छु।

यसैगरी नेपाल प्रहरीका पूर्वडीएसपी हाल अधिवक्ता एवं सरोकार केन्द्रका अध्यक्ष गोविन्द पन्थीले शैक्षिक परामर्श संस्थाहरुले सम्पूर्ण परामर्श व्यवासायीदाता सस्थाहरुले अभिभावकको भूमिका निभाउनु हुन अनुरोध गर्नुभयो। यो ब्यबासाय विद्यार्थीको जीवन संग सिधै सम्बन्ध राख्ने र ठुलो धनराशीको प्रयोग हुने हुदा संबेदनसिल भएर काम र परामर्श गर्नु भयो भने यो कार्य पुण्यको काम साबित हुनेछ जसले देशको विकास तथा छिटै दक्ष जनशक्ति निर्माणमा ठुलो भूमिका खेल्नेछ।

उपाध्यक्ष बिष्णु खडका जसले यो मा दुई दशक भन्दा बढी ब्यतित गर्नु भयको छ, उहाले हामि बिद्यार्थी र अभिभाबकको पनि अभिभाबक बनेर उहाहरुलाई सूचना र परामर्श गरि राखेका छौ। हामीले हाम्रा सदस्यहरुलाई अझै थुप्रै तालिम दिएर समयानुकुल दक्ष र अब्बल बनाउदै लाने छौ भनेर बाचा पनि गर्नुभयो।
अङ्कुर नेपालका निबर्तमान अध्यक्ष प्रकाश सुवेदीले यस सस्थालाई अङ्कुर नेपालको निरन्तर साथ् र सहयोग रहने कुरा ब्यक्त गर्नु हुदै सस्थाको सफलताको सुभकामना ब्यक्त गर्नु भयो।

सदस्यता तथा अनुसासन कमिटीका संयोजक नरेश सेन्डाईलाई सस्थामा उत्कृस्ट कार्य गरे बापत कदरपत्र प्रदान गरिएको थियो। एक सदस्यले म धेरै सस्थाहरुको सदस्य छु तर यस प्रकारको माया र हौसला अरु सस्थामा छैन भन्दै प्रसंसा गर्नु भयो।

उक्त कार्यक्रममा उक्त संघका सल्लाहकार समितिका संयोजक डि राज धिताललाई कदर पत्र प्रदान गरिएको थियो। उहाले सस्थालाई निरन्तर सल्लाह, सुझाब दिने र अभिभाबकको भूमिका निर्बाह गर्दै आउनु भएको छ भनेर सस्थाका सचिब यस पी भट्टराईले बताउनु भयो।
कार्यक्रम भब्य र सव्य बनाउन सघाउनु हुने सम्पूर्ण अथिति र सदस्य ज्युहरुलाई धन्यवाद दिदै यो सस्थाले सदैब आम नागरिकको हितहुने कर्म गर्ने र गरि रहेको कुरा अध्यक्ष शर्माले ब्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।
के हो कोरिया शैक्षिक परामर्श संघ नेपाल (KECAN)?
कोरिया शैक्षिक परामर्श संघ नेपाल २०७७ साल फागुन २६ गतेका दिन गणेश शर्माको अध्यक्षतामा स्थापना भएको सामाजिक सस्था हो। बिशेष गरि कोरियामा उच्च शिक्षा अद्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिने परामर्शदाता सस्थाहरुको छाता संगठन हो कोरिया शैक्षिक परामर्श संघ नेपाल। यो संघले बिभिन्न सरोकारवाला निकायहरु संग मिलेर थुप्रै सिर्जनशील कार्यहरु गर्दै आइरहेको छ। सस्थाले विद्यार्थी र अभिभावकका समस्या दिनहु सुन्ने र समाधानको पहल गर्ने गरि रहेको छ। विभिन्न समयमा विचार गोष्ठी, सुचना आदान प्रदान गर्ने कार्यक्रम गरि राखेको छ।
ताजा अपडेट
-
१.
करेन्ट लागेर बकैयाका वडा सदस्य गोलेको मृत्यु
-
२.
आयात बढ्दा पनि ग्यास अभाव कायमै
-
३.
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
-
४.
जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण
-
५.
जापानी अपराधीद्वारा जबरजस्ती घुसपैठ गरिएको विषयमा चिनियाँ दुतावासको विरोध
ट्रेन्डिङ
सम्बन्धित समाचार
करेन्ट लागेर बकैयाका वडा सदस्य गोलेको मृत्यु
मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका–११ का वडा सदस्य ज्ञानबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको छ । मङ्गलबार पिपलडाँडालेक सडकखण्डमा लत्रिरहेको...
नयाँ सरकारले सीमा विवाद समाधान गर्न प्राथमिकता दिनुपर्छः सीमाविद् श्रेष्ठ
काठमाडौँ। वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठले अब बन्ने सरकारले सीमा विवादलाई समाधान गर्न प्राथमिकतामा दिनुपर्ने बताउनुभएको छ । मंगलवार काठमाडौमा...
प्रतिनिधिसभा : ज्येष्ठ सदस्यका रूपमा अर्जुननरसिंह केसीले शपथ लिँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम...
कस्तो रहला मौसम?
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...




