हमासले सार्वजनिक गर्यो ३३ बन्धकको नाम, परेनन् विपिन जोशी
काठमाडौं। हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने भएका छन् । इजरायलले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ । जसमा जोशीको नाम उल्लेख छैन ।
सुदूरपश्चिम विश्वविद्यालयका कृषिविज्ञान विद्यार्थी विपिन ‘लर्न एन्ड अर्न’कार्यक्रमअन्तर्गत अरू विद्यार्थीसँगै इजरायल गएका थिए । उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए ।
कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो । अरू चारजना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए । अन्य दुई जना भने सकुशल थिए ।
जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले हमासले प्रहार गरेको ग्रिनेड फालेर उनले आफूहरूलाई बचाएको बताएका थिए । तर, पछि उनलाई हमास लडाकुले लगेको थियो ।
युद्धविराम सम्झौताको पहिलो चरणको भागको रूपमा हमासले मुक्त गर्ने इजरायली बन्धकहरूमा हमासले अक्टोबर ७ मा बन्धक बनाएका सबैभन्दा कान्छा र सबैभन्दा वृद्धहरू समावेश छन् ।
यसअघि आइतबार हमासले तीन महिला बन्धकहरूको नाम सार्वजनिक गरेको थियो, जसलाई पहिले रिहा गरिने छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




