४७ औँ राष्ट्रपतिको रूपमा अमेरिकामा डोनाल्ड ट्रम्पको शपथ
काठमाडौं। अमेरिको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले शपथ लिएका छन्। केही समयअघि कमला ह्यारिसलाई हराउँदै राष्ट्रपति चुनिएका ट्रम्पले जनवरी २० मा शपथ लिएका छन्। अब अमेरिकामा ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको छ। उनले कस्ता निर्णय लिएलान् भन्ने अनुमान गरिएको छ। शपथ समारोहमै ट्रम्पले केही उल्लेखीय निर्णय लिएका छन्। कतिपय निर्णय यसअघि उनको पहिलो कार्यकालमा बाँकी काम हुन्। यसैमध्येको एक हो, मेक्सिकोसँगको सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल लगाउने घोषणा। उनले यसअघि नै मेक्सिको सीमा पर्खाल लगाउने बताएका थिए।
शपथग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सिमा समस्या समाधानका लागि संकटकाल घोषणा गर्ने बताएका हुन्। उनले सबै गैर कानुनी प्रवेश बन्द गरेर लाखौं कागजपत्रविहीनलाई देशनिकाला गर्ने घोषणा गरेका छन्। ट्रम्पले २०१९ मा पनि सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल घोषणा गरेका थिए। साथै ट्रम्पले दक्षिणी सिमानामा सेना पठाउने बताएका छन्।
ट्रम्पले कार्यकारी आदेश जारी गरेर सिमाक्षेत्रमा क्याच र रिलिजको अन्त्य गर्ने बताएका छन्। यो आप्रवासीहरूलाई अदालतमा मुद्दा पर्खन राष्ट्रमा रिहा गर्ने सन्दर्भमा उल्लेख छ। उनले ट्रम्पले आप्रवासीहरुलाई एसाइलम कुर्न मेक्सिकोमा रहनुपर्ने रिमेन इन मेक्सिको नीतिलाई पुनर्स्थापित गर्ने बताएका छन्, जसले आप्रवासीहरूलाई उनीहरूको अध्यागमन मुद्दाको मितिसम्म मेक्सिकोमा पर्खन बाध्य तुल्याउनेछ।
उनले पहिलो चरणमा बाइडेन शासनकालका ७८ कार्यकारी आदेशहरू रद्द गरेका छन्। ट्रम्पले एरिनामा हस्ताक्षर गरेका अन्य आदेशहरूमा नियामक स्थगन रहेको छ, जस अनुशार ट्रम्प प्रशासनले पूर्ण रूपमा सरकारको नियन्त्रण नलिएसम्म अधिकारीहरूले कुनै नयाँ नियम जारी गर्न पाउनेछैनन्।
संघीय कर्मचारीहरू पूर्णकालीन काममा फर्कनुपर्नेछ। रिमोट तरिकाले काम गर्दै आएका सबै संघीय कर्मचारीहरू तत्काल पूर्णकालीनरुपमा कार्यालयमा फर्कनुपर्ने कार्यकारी आदेश ट्रम्पले जारी गरेका छन्। ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि यो सम्झौताबाट बाहिरिएका थिए, तर बाइडेनले अमेरिकालाई पुनः सम्झौतामा सामेल गराएका थिए। ट्रम्पले संयुक्त राष्ट्रसंघलाई सम्झौताबाट फिर्ता हुने पत्रमा पनि हस्ताक्षर गरेका छन्।
यस्चै ह्वाइट हाउसको आधिकारिक वेबसाइटले राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि शपथ लिए लगत्तै विवरणहरु परिवर्तन गरेको छ। लेआउटमा अमेरिका इज ब्याक लेखिएको छ। वेबसाइटमा ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, प्रथम महिला मेलानिया ट्रम्प र नयाँ मन्त्रिपरिषद्का सदस्यहरूको जीवनी समावेश छ। साथै नयाँ प्रशासनका प्राथमिकताहरू उल्लेख गरिएका छन्, जसमा महँगी अन्त्य गर्दै लागत घटाउने, अमेरिकी कामदारहरूका लागि कर कटौती, अमेरिकाको सीमाहरू सुरक्षित गर्ने, अमेरिकी ऊर्जा वर्चस्व र अमेरिकी सहरहरूलाई पुनः सुरक्षित बनाउने समावेश छन्। एजेन्सीबाट
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




