काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान सन्दीप लामिछानेलाई कारबाही गरेको छ । जय ट्रफी प्रतियोगिताका क्रममा सामाजिक सञ्जालबाटै अम्पाएको निर्णयमाथि प्रश्न उठाएपछि क्यानले उनीमाथि कारबाही गरेको हो ।
क्यानका प्रवक्ता छुम्बी लामाले क्यानले देशभित्र आयोजना गर्ने कुनै पनि एक खेल सन्दीपलाई खेल्न नदिने निर्णय भएको जानकारी दिए। उनका अनुसार क्यानको आचारसंहिताको २.७ को व्यवस्था उल्लंघन गरेको विषयमा सन्दीपमाथि एक घरेलु खेलको प्रतिबन्ध लगेको हो ।