यू १९ महिला क्रिकेट : बलियो प्रतिस्पर्धी अस्ट्रेलियासँग भिड्दै नेपाल
काठमाडौँ। आइसिसी यू १९ महिला टी २० विश्वकप क्रिकेटमा आज नेपालले अस्ट्रेलियासँग खेल्दैछ। मलेसिसाको बांगीस्थित वाइएसडी-युकेएम क्रिकेट ओभलमा दिउँसो सवा १२ बजेदेखि खेल सुरू हुनेछ।
आजको खेल नेपाललाई जित्नैपर्ने दबाब छ। यसअघि दुवै खेलमा पराजित भएको नेपालले सुपर सिक्स सम्भावनालाई जिवित राख्न आजको खेल जित्नुपर्नेछ। यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो। दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो। स्कटल्याण्डविरूद्ध राम्रो सुरूवात गरेपनि नेपालले स्कटल्याण्डको अन्तिम विकेट लिन सकेन।
अन्तिम विकेटका लागि स्कटल्यान्डले १६ रनको साझेदारी गर्दा नेपाल विश्वकपमा पहिलो जित निकाल्ने अवसरबाट चुकेको थियो। आज यसअघिका दुवै खेलमा भएका कमजोरी सुधारेर नेपालले राम्रो प्रदर्शन गर्नुपर्ने र अस्ट्रेलियालाई पराजित गर्नुपर्ने चुनौती छ।
अस्ट्रेलियाले बंगलादेश र स्कटल्याण्ड दुवैलाई पराजित गरिसकेको छ। समूह चरणमा उ पनि अन्तिम खेल खेल्दैछ। शीर्ष स्थानमा रहेको अस्ट्रेलिया अहिलेसम्मको खेलमा बलियो देखिएको छ। बंगलादेश र स्कटल्याण्ड दोस्रो र तेस्रो स्थानमा छ। सुपर सिक्समा पुग्नका लागि समूह चरणमा कम्तिमा एक खेल जित्न आवश्यक रहन्छ।
बंगलादेश र स्कटल्याण्डबीच बिहान सवा ८ बजे खेल हुँदैछ। समूह डी बाट सुपर सिक्समा पुग्ने टोलीको आजै टुंगो लाग्नेछ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




