अन्तर्वार्ता

पार्टीको आधारस्तम्भ र गतिशिल अखिल क्रान्तिकारी बनाउन मेरो खुला उपाध्यक्षमा उम्मेदवारी : देवकी कार्की (अन्तर्वार्ता)

लामो समय विद्यार्थी राजनीति गरेकी देवकी कार्की यसपटक अखिल क्रान्तिकारीको खुला उपाध्यक्ष पदकी उम्मेदवार छिन्। क्रान्तिकारीभित्र वौद्धिक विद्यार्थी मानिने देवकीले यसपटक खुला उपाध्यक्षमा उम्मेदवारी दिएकी छन्। उनले महिलापुरुष बराबर भएको भनेर सोही पदमा उम्मेदवारी दिएको बताउँदै आएकी छन्। उनै कार्कीसँग संक्षिप्तमा कुराकानी।

किन खुला उपाध्यक्षमा उम्मेदवारी दिनुभयो?
यसअघि म कोषाध्यक्ष थिए। मैले कोषाध्यक्षको भूमिका एकदमै राम्रो तरिकाले निर्वाह गरे। मैले त्यसभन्दा माथि जाऔँ भन्ने ठानेर खुला उपाध्यक्षमा उम्मेदवारी दिएकी हुँ। तपाईलाई खुला उपाध्यक्ष जिताउनुपर्ने कारण के होरु

पहिलो कुरा त म विद्यार्थी हुँ। मैले मास्टर डिग्री सकेर एमफिल गर्दैछु। यसकारण म विद्यार्थी हुँ। म विद्यार्थीको नेतृत्व विद्यार्थीले गरेको देख्न चाहन्छु। यसैले म यो पदको आकांक्षी हुँ। अर्को कुरा, क्रान्तिकारीलाई निष्ठावान र अनुशासित संगठन बनाउन पनि म उम्मेदवारी दिन चाहन्छु। यसैले मैले विद्यार्थी राजनीति गरेको हुँ। मैले सधै संगठनले दिएको जिम्मेवारी पूरा गरेको छु। विगतका इतिहास हेर्नुभयो भने, पनि मैले आफ्ना जिम्मेवारीहरू सहजरूपमा पूरा गरेको छु। यसअघि पनि म कोषाध्यक्ष हुँदा मैले सहजतरिकारले भूमिका निर्वाह गरेको हुँ।संगठनलाई कसरी अघि बढाउनुपर्छ मलाई राम्ररी थाहा छ। यसैले म फेरि काम गर्न चाहन्छु।

सामान्यतयाः महिलाले महिला कोटामा उम्मेदवारी दिने गरेका छन्। तर तपाईं फेरि खुलाबाट लड्दै हुनुहुन्छ। कारण के हो?
खुला भनेको महिला लड्नै नहुने भन्ने होइन। महिलाले समेत लड्ने ठाउँ हो। यसै कारण पनि म यो पदको आकांक्षी हुँ। हामी पढेका र भोलिका दिनमा पनि राजनीति गर्ने योजना बनाएकाले सबै ठाउँमा प्रतिस्पर्धा गर्नुपर्छ। यसै कारण म यो पदको हकदार हुँ।

तपाईलाई खुला उपाध्यक्ष जिताउनुपर्ने कारण के हो?

पहिलो कुरा त म विद्यार्थी हुँ। मैले मास्टर डिग्री सकेर एमफिल गर्दैछु। यसकारण म विद्यार्थी हुँ। म विद्यार्थीको नेतृत्व विद्यार्थीले गरेको देख्न चाहन्छु। यसैले म यो पदको आकांक्षी हुँ। अर्को कुरा, क्रान्तिकारीलाई निष्ठावान र अनुशासित संगठन बनाउन पनि म उम्मेदवारी दिन चाहन्छु। यसैले मैले विद्यार्थी राजनीति गरेको हुँ।

म आफैमा विद्यार्थी हु। विद्यार्थीका अपूरा सपना म विद्यार्थी राजनीति गरेरै पूरा गर्न चाहन्छु। मैले अघि पनि भने यसअघि पनि म कोषाध्यक्ष हुँदा मैले सहज तरिकारले भूमिका निर्वाह गरेको हुँ। संगठनलाई कसरी अघि बढाउनुपर्छ मलाई राम्ररी थाहा छ। यसैले म फेरि काम गर्न चाहन्छु। यसैले मलाई जिताउनुहोस् भन्न चाहन्छु।

संगठनभित्र प्यानल बनेको सुनिन्छ, तपाई पनि त प्यानलमा होला नि होइन?

यसो हो, प्यानल भनेको एलाइन्स हो। मैले हाम्रा संगठनका सबै विद्यार्थीसँग एलाइन्स गरेको छु। किनकि, म लामो समयदेखि विद्यार्थी संगठनमा काम गरेको छु। यसकारण पनि म विद्यार्थीको मन बुझ्छु। मैले विद्यार्थीसँग एलाइन्स गरेको हुँ। जहाँ सम्म नेताका गुटको कुरा गर्नुभएको भने म त्यस कुरामा जानकार छैन। हामीले विद्यार्थीकै प्रतिनिधिबाट मत जित्ने हो। जसरी यसअघि अघि उमेर हदमा जित भयो। यसैले मलाई लाग्दैन कि कुनै नेता विशेष प्यानल बन्यो भन्ने कुरा।

विद्यार्थी राजनीति पछिल्लो ताका मुर्झाएको अवस्था छ, त्यसमा पनि अखिल क्रान्तिकारी त झनै कमजोर बनेको बुझाइ छ। तपाईलाई के लाग्छ?

यस्तो, हो। हामीले विद्यार्थी आन्दोलनलाई पुरानो रूपमा बुझ्नुहुनन। विगतका राजनीतिक आन्दोलनमा विद्यार्थी जसरी सरिक भए त्यो ऊर्जा अहिले पनि विद्यार्थीमा छ। यद्यपि, हामी पुरानै ढाचाको आन्दोलनमा जानु हुन्न। मेरो एउटा एजेन्डा त्यो पनि हो, म स्वदेशमै रोजगार र शिक्षा एकै पटक हुनुपर्छ भनेर लागेको मान्छे हुँ। विगतमा भएको राजनीतिक आन्दोलन जस्तो यो सहज हुँदैन।

यो विस्तारै हुँदै जाने प्रक्रिया हो। देश विकास हुनका लागि विद्यार्थी आन्दोलन मजबुत हुन आवश्यक छ। अनि युवाहरू। हामी युवा स्वरोज नभएसम्म उन्नति हुँदैन। म विद्यार्थीमाथि मरोसा राख्छु। अनि विद्यार्थीले ममाथि भरोसा राख्नुहुनेछ भन्ने मलाई विश्वास छ। अर्को कुरा, जहाँ तपाईले संगठन अथार्त क्रान्तिकारी कमजोर भयो भन्नु भयो।

चाहे संसद् विघटन ताका होस् वा त्रिवि क्याम्पसको मुद्दा। त्यो ठाउँमा वाकलत गर्न हामी अघि सर्र्यौ। हाम्रो मुद्दाले जितेको इतिहास छ। अब झनै हामी सशक्त बन्दैछौ। उमेर हदको निर्वाचनले संकेत देखाएको छ भने अबको निर्वाचनले पनि सकारात्मक सन्देश दिएको छ।

संगठन कमजोर बनेको मलाई लाग्दैन। विगतको लामो इतिहास बोकेको संगठन हो। सानातिना हन्डर र ठक्कर खान्छ। तर यसको मतलव यो कमजोर भयो भन्न मिल्दैन। हो, संगठन यो भन्दा सशक्त र दह्रो बनिनुपर्छ। यसलाई नै बलावान बनाउन हामी मैदानमा छौँ।

अन्त्यमा, के भन्न चाहनुहुन्छ?
हामी विद्यार्थीले जित्ने कि विद्यार्थी आन्दोलनले जित्ने भन्नेमा छौँ। म आफूले जित्दा विद्यार्थी आन्दोलनको जित भएको महसुस हुने गरी काम गर्नेछु। विद्यार्थी आन्दोलनका आयामलाई कायम राख्ने छु। विद्यार्थीमा आशाको झिल्को र त्यान्द्रो देखाउने छु। यसैका लागि मैले उम्मेदवारी दिएको हुँ। र, मैले जित्छु भन्ने अपेक्षा छ।

सम्बन्धित समाचार

डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी

डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी

काठमाडौँ। अध्ययनका लागि दक्षिण कोरिया जान चाहने नेपाली विद्यार्थीले सहज रुपमा कागजात प्रमाणीकरण (Document Verification)  र भिसा आवेदन  पाउँदा...

नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली

नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली

काठमाडौं। लामो समयदेखिको आन्तरिक द्वन्द्वपछि नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएको छ । भृकुटीमण्डपमा...

२६ एजेन्डा कार्यन्वयन गर्न प्रतिबद्ध छु: भूषाल

२६ एजेन्डा कार्यन्वयन गर्न प्रतिबद्ध छु: भूषाल

काठमाडौं। नेपाल शैक्षिक परामर्श संघको आसन्न निर्वाचनमा दिपकराज भुषालले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ। उम्मेदवारीसँगै भुषाल र उहाँ नेतृत्वको समूहले...

व्यवसायीक हितका लागि हामी एकढिक्का भएर अगाडि बढ्नुपर्छ : एन्ड्रयु पौडेल

व्यवसायीक हितका लागि हामी एकढिक्का भएर अगाडि बढ्नुपर्छ : एन्ड्रयु पौडेल

एन्ड्रयु पौडेल (लक्ष्मण), अध्यक्ष पदको उम्मेदवार, नेपाल शैक्षिक परामर्श संघ (ECAN) नेपाल शैक्षिक परामर्श संघ (ECAN)को साधारण सभामा अध्यक्ष...