राजनीति

कांग्रेससँग तत्काल सहकार्य हुन्न : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल .‘प्रचण्ड’ ले तत्काल नेपाली कांग्रेससँग सहकार्य नहुने बताएका छन्।

बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले तत्काल कांग्रेससँग सत्ता साझेदारी नगर्ने बताए ।

केही दिनअघि चितवन विमानस्थलमा कांग्रेस नेता शेखर कोइराला र चन्द्र भण्डारीसँग भएको संवादको स्मरण गर्दै संयोगवस कुराकानी भए पनि सत्ता साझेदारीका विषयमा कुनै कुरा नभएको प्रचण्डले बताए ।

‘कांग्रेसका सशांक र चन्द्र जीसँग चितवन विमानस्थलमा अचानाक भेट भएको हो । सरकारप्रति अहिले कुनै अभिरुचि छैन । सरकार जति जान पर्ने हो जाओस्, हामी जनतासँगै छौँ भनेको थिएँ,’ प्रचण्डले भने, ‘पत्रकार साथीहरूले सरकार तलमाथि भइहाले के हुन्छ भन्दा मैले साथीहरू हुनुहुन्छ भनेको हुँ, सशांकजीले पनि राजनीति हो भनिदिनुभएको थियो । यो संयोग मात्रै भएको हो । हामी सरकारमा जान इच्छुक छैनौँ ।’

 

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...