कला

सक्किगोनिका ‘काकु’ फिल्म निर्देशक बन्ने, बाल कलाकारमा उनकै कान्छा छोरा

काठमाडौं । हाँस्य टेलिशृंखला ‘सक्किगोनी’मा ‘काकु’ले परिचित दीपक आचार्यको निर्देशनमा फिल्म बन्ने भएको छ।  ‘परान’ मा नामक फिल्मको निर्देशन गर्दै काकुले फिल्म निर्देशनमा डेब्यु गर्ने भएका हुन्। जुन फिल्ममा नीर शाह केन्द्रीय भूमिकामा रहनेछन् भने मदन कृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रविण खतिवडा, बुद्धि तामाङ, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चन्द, सुभाष गजुरेल, यमन श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहनेछ।

फिल्ममा बालकलाकारका रूपमा आचार्यका कान्छा छोरा आर्यदीप आचार्य समेतको अभिनय रहनेछ। फागुनको पहिलो साताबाट सिनेमा फ्लोरमा जानेछ । फिल्मको छायाँकन काठमाडौं र धनकुटामा हुनेछ।

सम्बन्धित समाचार

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...