‘लाज शरणम्’मा धुर्मुसको लुक्समा आफतव आलमको झल्को
काठमाडौँ। फिल्म ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा चलचित्रका नयाँ पात्रलाई स्थान दिइएको छ। पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ।
त्यसैगरी विशेष रूपमा पोस्टरमा अभिनेता सीताराम कट्टेल (धुर्मुस) को गेटअप चर्चामा छ। नेताको भूमिकामा रहेका कट्टेललाई दोरासुरुवाल र ज्वारीकोटमा देखाइएको छ।
उनी हात उठाएर अभिवादन गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको संकेत गर्छ। उनको लुक्सले पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमलाई झल्काएको अनुमान गरिएको छ। साथै, पोस्टरमा कफिन बोकेका स्थानीयहरूको दृश्यले चलचित्रको गहिरो कथावस्तु झल्काएको छ।
‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको चलचित्र हो। यसमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)लगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका छन्।
यसका प्रमुख कलाकारहरूमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बुलगायत छन्। जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सहनिर्माता छन्।
सिनेमा सुदीप बरालले छायांकन गरेका हुन्। ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुँदै छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...
वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना
काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...
प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?
काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...




