वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मिडियामा अपमानजनक अभिव्यक्ति दिएको आरोप, अदालतमा मुद्दा दायर
काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा निवेदन दर्ता गरिएको छ । टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको दाबी गर्दै मुद्दा दायर गरिएको हो।
दिलबहादुर राईले त्रिपाठीलाई अवहेलनामा कारबाहीको मागसहित निवेदन दिएका हुन् ।
दिलबहादुर राईले त्रिपाठीलाई अवहेलनामा कारबाहीको मागसहित निवेदन दिएका हुन् । आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भन्दै तारेक तोकिएको छ । अधिवक्ता त्रिपाठीमाथि गत माघ २ गते काठमाडौं जिल्ला अदालतमा चलिरहेको ठगी गरी सङ्गठित अपराधको मुद्दामा थुनछेक बहसपश्चात् अदालत हाता बाहिर निस्कने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले हातपात र दुर्व्यवहार गरेका थिए।
सो घटनापश्चात वरिष्ठ अधिवक्ता त्रिपाठीले विभिन्न सञ्चार माध्यममा सो मुद्दामा भएको आदेश गर्ने न्यायाधीशका सम्बन्धमा बदनियतपूर्वक कार्य गरेको भनी सर्वसाधारणमा न्यायपालिकाप्रति नै भ्रम र अनास्था फैलाउने गरी अन्तर्वार्ता दिएको भन्दै न्यायाधीश समाज, नेपालले पनि आपत्ति जनाएको छ ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...




