प्रधानमन्त्रीले बालुवाटारबाटै उद्घाटन गरेको सिद्धबाबा सुरुङमार्गको कति लाग्यो निर्माण खर्च?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थताका कारण बालुवाटारबाटै शुक्रबार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रु गरे। उनी सिद्धबाबा सुरुङको उद्घाटनका लागि बुटवल जाने तय भए पनि जान नसक्दा काठमार्डौँबाटै उद्घाटन गरे। प्रधानमन्त्रीले एकदमै जोड दिएको यो सुरुङमार्गबारे अहिले चासोका साथ हेरिएको छ। यसलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राख्दै प्राथमिकताका साथ बजेट विनियोजन गरेको थियो।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो। यो आयोजनाअन्तर्गत दुई लेनको मुख्य सुरुङमार्ग-भित्री पहाडी क्षेत्र छिचोलिने) १,०८९ मिटर लम्बाईको निर्माण हुन लागेको हो । उत्तर र दक्षिण सडकलाई जोड्ने गरी यो सुरुङमार्ग निर्माण भइरहेको हो ।
मुख्य सुरुङमार्गको चौडाई साढे १० मिटर र उचाइ करिब ७ मिटर छ । लाइनिङसहित यो सुरुङमार्गको कूल लम्बाई ११२६ मिटर छ । आयोजनाले उत्तर र दक्षिणतर्फबाट एनएटीएम प्रविधिमार्फत खन्दै सुरुङको बीचमा १ मिटरजतिको दूरी बाँकी राखिएको थियो । सुरुङको उत्तर र दक्षिण भाग जोड्न १ मिटर मात्रै बाँकी राखिएको थियो । यहि १ मिटर ब्लास्ट गरेर अन्तिम ब्रेक गरिएको हो।
यो सुरुङमार्ग इन्जिनियरिङ्ग, प्रोक्युरमेन्ट तथा कन्स्ट्रक्सन (ईपीएस) बिधीबाट निर्माण भइरहेको र सुरुङमार्गमा सवारी साधन गुड्दा आपातकालिन अवस्थामा यात्रुलाई उद्दार गर्नका निम्ति १५१ मिटरको पहिलो वाइवास, १६१ मिटरको दोश्रो वाइपास र १३० मिटर दूरीको तेस्रो वाइपास पनि निर्माण गरिएको छ ।
पहिलो वाइपास सुरुङमार्गको ब्रेक थ्रु २०८१ असोज ४ गते, दोश्रोको २०८१ पुस ७ गते र तेस्रो सुरुङमार्गको ब्रेक थ्रु २०८१ भदौ २६ गते भएको थियो । दोश्रो वाइपास सुरुङमार्ग बीचमा भएकाले सबैभन्दा अन्तिममा उक्त वाइपासको ब्रेक थ्रु भएको हो । मुख्य सुरुङमार्गमा समस्यामा परेका यात्रुको उद्दार गरी तत्कालै अस्पतालसम्म लैजानको लागि सुरुङमार्गको उत्तरी र दक्षिणी छेउमा हेलिप्याडसमेत निर्माण गरिने छ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेशन लिमिटेडले यो आयोजनाको ठेक्का २०७८ चैत ९ गते मूल्य अभिवृद्धि कर (भ्याट) सहित ७ अर्ब ३९ करोड रुपैयाँमा कवोल गरेको थियो ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




