राजनीति

माओवादी एक्लै चुनाव लड्छ : प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओेवादी एक्लै निर्वाचन लड्ने बताएका छन्। शनिबार घोराहीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न माओवादी सक्षम रहेको बताए।

माओवादीले अहिले सत्ताभन्दा पनि जनतालाई प्राथमिकतामा राखेर देशव्यापी रूपमा सुशासन, समृद्धिको अभियान चलाएको भन्दै अध्यक्ष प्रचण्डले अभियानका क्रममा देखिएका जनता शक्ति भएको बताए। आगामी निर्वाचनमा कुनै पार्टीसँग सहकार्य वा तालमेल गर्ने अवस्था नरहेको स्ष्पट पार्दै अध्यक्ष प्रचण्डले भने,‘माओवादीलाई एक्लै निर्वाचन लड्न नसक्ने पार्टी भन्ने आरोपलाई चिर्नका लागि एक्लै निर्वाचनमा जान्छ, कसैको साथ लिँदैन। माओवादी अरूको वैशाखी टेक्ने होइन, बरू अरूलाई टेकाउने पार्टी हो।’

अध्यक्ष प्रचण्डले माओवादीले एक्लै निर्वाचन लड्नका लागि गएको उपनिर्वाचनबाट अभ्यास सुरू गरिसकेको र उपनिर्वाचनले राम्रो संकेत गरेको बताए। अध्यक्ष प्रचण्डले माओवादी सत्ता प्राप्तिको पक्षमा नरहेको भन्दै पार्टीको प्राथमिकता सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि भएको बताए।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...