बिहिबार, माघ २४, २०८१
English
Follow us:

रविलाई रिहा गर्न रूपन्देही अदालतले माग्यो एक करोड धरौटी

रविलाई रिहा गर्न रूपन्देही अदालतले माग्यो एक करोड धरौटी

  • खबर सेवा

  • आइतवार, माघ १३, २०८१

  • 76
    SHARES
रविलाई रिहा गर्न रूपन्देही अदालतले माग्यो एक करोड धरौटी

काठमाडौँ। रवि लामिछानेलाई रिहा हुन जिल्ला अदालत रूपन्देहीले एक करोड रुपैयाँमा धरौटीमा रिहा गर्न आदेश दिएको छ। सुप्रिम सहकारी ठगीको अभियोगमा छुट्न अदालतले एक करोड रुपैयाँ मागेको हो।

तत्काल प्राप्त प्रमाणले उनलाई निर्दोष मान्न नमिल्ने भन्दै न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले एक करोड रूपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको हो।

यसअघि सहकारी ठगीकै अभियोगमा रविसँग कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौँ जिल्ला अदालतले ६० लाख रूपैयाँ धरौटी लिएर रविलाई थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने अवसर दिएका थिए। कास्की, काठमाडौँ र रुपन्देहीको गरी रविको धरौटी रकम २ करोड २५ लाख रूपैयाँ पुगेको छ।

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology