राजनीति

रविलाई ३ अदालतले नै मागिसके २ करोड २५ लाख, २ ठाउँमा अझै मुद्दा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सुप्रिम सहकारी बुटवल प्रकरणको मुद्दामा रविलाई रिहा गर्न अदालतले सोही रकम बराबरको धरौटी मागेको हो।

रविलाई धरौटी मागेको यो पहिलो पटक भने होइन। यसअघि काठमाडौँ जिल्ला अदालत र कास्की जिल्ला अदालतले पनि धरौटीले माग गरेको थियो। कास्कीले ६५ लाख र काठमाडौँले ६० लाख मागेको थियो। उनी बैंक ग्यारेन्टी मागेर रिहा भएका थिए।

अब भने विगतमा भन्दा ठूलो रकम रविले धरौटीमा रूपमा अदालतलाई बुझाउनुपर्ने भएको छ। उनको अदालतले मागेको धरौटी रकम नै २ करोड २५ लाख रुपैयाँ पुगेको छ। यद्यपि, रविको मुद्दा भने अझै बाँकी छन्।

चितवन जिल्ला अदालत र पर्सा जिल्ला अदालतमा समेत उनीविरुद्ध मुद्दा छ। यसैले रविले एक ठाउँबाट रिहा भएर मात्र पनि मुक्ति नपाउने देखिएको छ। यसरी नै उनीविरुद्ध धरौटीको रकम पनि बढोत्तरीमा छ।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...