बिहिबार, फाल्गुन २९, २०८१
English
Follow us:

विश्वकप खेलेका खेलाडी समेटेर क्यानले बनायो महिला क्रिकेटको टोली

विश्वकप खेलेका खेलाडी समेटेर क्यानले बनायो महिला क्रिकेटको टोली

  • खबर सेवा

  • आइतवार, माघ १३, २०८१

  • 81
    SHARES
विश्वकप खेलेका खेलाडी समेटेर क्यानले बनायो महिला क्रिकेटको टोली
राष्ट्रिय महिला क्रिकेट. तस्बिर : क्यान

काठमाडौँ। आगामी शुक्रबारदेखि त्रिवि क्रिकेट मैदानमा हुने त्रिदेशीय शृंखलाका लागि नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले १५ सदस्य टोली बनाएको छ। टोलीको नेतृत्वमा हालै प्रधानमन्त्री कप विजेता इन्दु वर्मा छन् भने यू १९ विश्वकप खेलेर फर्केका खेलाडी पनि समेटिएका छन्।

टोलीमा पूर्वकप्तान रुविना क्षेत्री, पूर्व उपकप्तान सीता राना मगर, फास्ट बलर कविता कुँवर छन्। भर्खरै यू १९ टी २० विश्वकप खेलेर फर्केका पूजा महतो र एलिसाकुमारी यादव पनि समेटिएका छन्। उपकप्तान बिन्दु रावल, रेवती धामी, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, रोमा थापा, मनिसा उपाध्याय र ईश्वरी विष्ट छन्। नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग टी२० सिरिज खेल्न लागेको हो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology