बुधबार, असार १८, २०८२
English
Follow us:

रवि धरौटीमा छुटेको भोलिपल्टै किन बस्दैछ रास्वपाको सचिवालय बैठक?

रवि धरौटीमा छुटेको भोलिपल्टै किन बस्दैछ रास्वपाको सचिवालय बैठक?

  • खबर सेवा

  • सोमवार, माघ १४, २०८१

  • 113
    SHARES
रवि धरौटीमा छुटेको भोलिपल्टै किन बस्दैछ रास्वपाको सचिवालय बैठक?
रास्वपा केन्द्रीय कार्यालय। तस्बिर : रास्वपा सचिवालय

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधिका विषयमा छलफल हुनेछ। विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१) माथि छलफल हुने रास्वपा कार्यवहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् ।

सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता, संसद् अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनलगायत विषय छलफलका एजेन्डा रहेको रावलले जानकारी दिएकी छन्। यता सभापति रवि लामिछाने हिजो रूपन्देही जिल्लाबाट छुटेका छन्। उनलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश अदालतले आदेश दिएको थियो।

बैठक बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थलीमा बस्नेछ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology