शुक्रबार, फाल्गुन ३०, २०८१
English
Follow us:

मुलुकमा भ्रष्टाचार बढेको राप्रपाको निष्कर्ष

मुलुकमा भ्रष्टाचार बढेको राप्रपाको निष्कर्ष

प्रधानमन्त्री पाए पनि खान्न : लिङदेन

  • खबर सेवा

  • सोमवार, माघ १४, २०८१

  • 77
    SHARES
मुलुकमा भ्रष्टाचार बढेको राप्रपाको निष्कर्ष

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा भ्रष्टाचार बढेको निष्कर्ष निकालेको छ। उसले ३ दिने पार्टी बैठकको निष्कर्ष सुनाउँदै मुलुक संकटमा परेको बताएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक बचाउन सबै राष्ट्रवादी शक्ति एकठाउँ आउन आह्वान गरेका छन्।

सरकारको वर्तमान कार्यकालमा आफू कुनै पनि शर्तमा सरकारमा नजाने दोहोर्याएका छन् । यो पाँच वर्षमा प्रधानमन्त्री नै पाए पनि नखाने उनको अडान छ । पार्टीको केन्द्रीय कार्यसमिति वैठक समापन पश्चात बोल्दै लिङदेनले यस्तो उद्घोष गरेका हुन् ।

उनले भने, ‘मैले पहिल्यै घोषणा गरिसकेको छु कि यो पाँच वर्ष म चाहिँ सरकारमा जान्न । साथीहरु जान सक्लान् तर म जान्न । पार्टीले निर्णय गर्यो भने जाने भन्ने ठाउँ पनि राख्दिन । म कुनै पनि हालतमा मन्त्री बन्दिनँ । प्रधानमन्त्री पाए त खाने होला भन्ने कुरा आउला । म यो पाँच वर्ष प्रधानमन्त्री नै पाए पनि खान्न । हुन त १४ सिट भएको दललाई प्रधानमन्त्रीको अवसर पनि नआउला । तर, कथंकदाचित त्यस्तो अवसर आयो भने पनि म हुन्न ।’

‘राप्रपाले आफ्ना मूल राजनीतिक एजेण्डा, नेपाल सरकार समक्ष पेसगरेको ४० बॅुदे माग र जनजीविकाका सवालहरुलाई लिएर विरोध सभाका कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ,’ प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि फागुन महिनामा प्रदेश र जिल्ला तहमा विरोध प्रदर्शन र जागरण सभा हुनेछ भने चैत महिनामा काठमाडौँ केन्द्रीत कार्यक्रम गर्ने निर्णय गरेको छ। काठमाडौँ केन्द्रीत कार्यक्रमको स्वरुप पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तय गर्नेछ।’ त्यस्तै राप्रपाले २०८२ बैशाख मसान्तभित्र सबै स्थानीय तह र जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने र केन्द्रीय सदस्यहरुलाई ७७ वटै जिल्लामा पर्यवेक्षकको रुपमा खटाउने निर्णय गरेको हो।

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology