काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले धरौटी रकम माग गरेकोविरुद्धमा उच्च अदालत पोखरामा रिट दायर गरेका छन्। उनले कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाईको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी रिट दायर गरेको हो।
रास्वपा स्रोतका अनुसार अहिले दर्ताको प्रक्रिया चलिरहेको छ। उनी पोखरा जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटी माग गरेको थियो।