बुधबार, माघ २३, २०८१
English
Follow us:

आशिका तामाङ रिहा भएलगत्तै पुनः पक्राउ

आशिका तामाङ रिहा भएलगत्तै पुनः पक्राउ

  • खबर सेवा

  • सोमवार, माघ १४, २०८१

  • 66
    SHARES
आशिका तामाङ रिहा भएलगत्तै पुनः पक्राउ

काठमाडौं। आशिका तामाङ रिहा भएलगत्तै पक्राउ परेकी छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार धरौटीमा रिहा भएकी उनी भक्तपुर प्रहरीले फेरि पक्राउ गरेको छ। पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा उनी पक्राउ परेकी थिइन्।

काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गर्दा आज उनी धरौटीमा रिहा भएकी हुन्। उनी छुटेपछि फेरि गौशाला प्रहरीले आफ्नो साथमै कार्यालय लगेको छ।

भक्तपुरको जगातीस्थित प्रहरी वृत्तमा पनि उनीविरुद्ध मुद्दा भएका कारण उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइने प्रहरी स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology