कला

अष्ट्रेलियका आठ सहरमा गुन्जिँदै नेपथ्य

एडिलेड। नेपालको चर्चित व्यान्ड नेपथ्यले मार्च ३ बाट सुरु गर्ने अस्ट्रेलियाको सांगीतिक यात्रा, अष्ट्रेलियका आठ शहरमा हुने भएको छ । जसमा ३ मार्चमा क्यानबेरा, ६ मार्चमा डार्विन, ९ मार्चमा पर्थ, १४ मार्चमा ब्रिसबेन, १८ मार्चमा होबार्ट, २१ मार्चमा एडिलेड, २४ मार्चमा मेलबर्न र २९ मार्चमा सिड्नीमा कन्सर्ट गरेपछि यात्रा सम्पन्न हुने आयोजक गिरिश ईन्टरटेन्मेन्टका गगन गिरीले जानकारी दिए।

गिरीका अनुसार डार्विन र मेलबर्नको कन्सर्ट गर्ने ठाउँ छनोट अन्तिम चरणमा रहेको र यस बाहेक क्यानबेराको नेशनल कन्भेन्सन सेन्टरमा, पर्थको मेट्रो सिटी हलमा, ब्रिसबेनको दि टिभोलीमा, होबार्टको ओडिअन थियटरमा, एडिलेडको हिन्डले स्ट्रीट म्युजिकल हलमा र सिड्नीको दि होड्रन पेभेलियनमा कन्सर्ट आयोजना गरिनेछ ।

२००९ देखि छ पटक अष्ट्रेलिया भ्रमण गरि सकेको नेपथ्यले यसअघि पछिल्लो पटक सन् २०२३ को जनवरीमा आफ्नो सांगीतिक यात्रा गरेको थियो। नेपथ्यको अस्ट्रेलिया यात्राको लागि गायक अमृत गुरुङ ६ जना संगीतकर्मीसहित प्राविधिक एवं व्यवस्थापन गरेर १४ सदस्यीय टोली रहने छ । अमृतलाई यो सांगितिक यात्रामा पनि ड्रमसेटमा ध्रूव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गीतारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।

सम्बन्धित समाचार

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...