बिहिबार, माघ २४, २०८१
English
Follow us:

स्थिर छ डलर

स्थिर छ डलर

  • खबर सेवा

  • बिहिबार, माघ १७, २०८१

  • 56
    SHARES
स्थिर छ डलर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य थोरै बढ्दा अधिकांश विदेशी मुद्रा सस्तिएका छन्। कुबेती दिनार, पाउन्ड, युरो, अस्ट्रेलियन डलरसहितका मुद्राको विनियमदर आज घटेको हो। यी मुद्राको मूल्यमा तीन दिनयता लगातार गिरावट आइरहेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७७ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७४ पैसा थियो।

यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४३ रुपैया ७८ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ४० पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ०५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ६८ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३७ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा थियो। आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ०६ र बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा छ। हिजो स्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ३२ र बिक्रीदर ८६ रुपैयाँ ६९ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ८८ र बिक्रीदर चार सय ४९ रुपैयाँ ८२ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ९८ र बिक्रीदर चार सय ४९ रुपैयाँ ९३ पैसा थियो।त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ५० पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ०९ पैसा छ। हिजो हराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ०१ पैसा थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology