![रास्वपाका सांसदबाट पहिलो दिनकै संसद् बैठक बहिस्कार, हलबाटै निस्किए](https://khabarsewa.com/wp-content/uploads/2025/01/Samsad-rashopa-_____.jpg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् । लामो समयसम्म पनि उभिएरै उनीहरुले बिरोध जनाउँदा पनि सभामुखले बोल्ने मौका नदिएपछि उनीहरु बैठक बहिस्कार गरेर बाहिरिएका हुन् ।
दिउँसो १ बजेदेखि बैठक सुरु भए पनि रास्वपाका सांसदले करिव आधा घण्टा उभिएरै बिरोध जनाएका थिए । सभामुखले धेरै पटक बस्नका लागि आग्रह गर्दा पनि नमानेपछि बस्नका लागि आदेश समेत दिएका थिए ।
तर, रास्वाका सांसदले विशेष समय माग्दै बोल्न पाउनुपर्ने अडान लिएर उभिएरै बिरोध जनाएका थिए ।