बुधबार, माघ २३, २०८१
English
Follow us:

त्रिदेशीय महिला क्रिकेट शृंखला : नेपाललाई हराएको नेदरल्यान्ड्समाथि थाइल्यान्डको जित

त्रिदेशीय महिला क्रिकेट शृंखला : नेपाललाई हराएको नेदरल्यान्ड्समाथि थाइल्यान्डको जित

  • खबर सेवा

  • शुक्रबार, माघ १८, २०८१

  • 77
    SHARES
त्रिदेशीय महिला क्रिकेट शृंखला : नेपाललाई हराएको नेदरल्यान्ड्समाथि थाइल्यान्डको जित
नेदरल्यान्ड्सको विकेट लिएपछि आफ्ना साथीसँग खुसी साट्दै थाइल्यान्डको खेलाडी। तस्बिर : क्यान

काठमाडौँ। नेपाल टी २० महिला अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेदरल्यान्ड्समाथि थाइल्यान्डले ८ विकेटको जित निकालेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले २ विकेटको क्षतिमा १८ ओभरमा पूरा गर्‍यो।

थाइल्यान्डका लागि नान्नापत कोन्चारोइनकाइले ५० बलमा ५ चौका प्रहार गर्दै नटआउट ५६ रन जोडिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ६ विकेटको क्षतिमा १२२ रन बनायो। नेदरल्यान्ड्सका लागि कप्तान बाकेटे डी लिडेले ५२ रन जोडेकी थिइन्। हिजोको पहिलो खेलमा नेपाललाई नेदरल्यान्ड्सले २० रनले हराएको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology