खेलकुद

त्रिदेशीय महिला क्रिकेट शृंखला : नेपाललाई हराएको नेदरल्यान्ड्समाथि थाइल्यान्डको जित

काठमाडौँ। नेपाल टी २० महिला अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेदरल्यान्ड्समाथि थाइल्यान्डले ८ विकेटको जित निकालेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले २ विकेटको क्षतिमा १८ ओभरमा पूरा गर्‍यो।

थाइल्यान्डका लागि नान्नापत कोन्चारोइनकाइले ५० बलमा ५ चौका प्रहार गर्दै नटआउट ५६ रन जोडिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ६ विकेटको क्षतिमा १२२ रन बनायो। नेदरल्यान्ड्सका लागि कप्तान बाकेटे डी लिडेले ५२ रन जोडेकी थिइन्। हिजोको पहिलो खेलमा नेपाललाई नेदरल्यान्ड्सले २० रनले हराएको थियो।

सम्बन्धित समाचार

निलम्बनमा एन्फा

निलम्बनमा एन्फा

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। राखेपको निर्देशनविपरित निर्वाचन गर्न...

राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू

राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्लाई कुनै अप्रिय निर्णय नगरिदिन अनुरोध गरेको छ। बुधबार राखेपले पठाएको...

साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया

साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ । बुधबार (चैत ११) बिहान...

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

काठमाडौं  नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...