बुधबार, माघ २३, २०८१
English
Follow us:

को आउँला अबको संकट झेल्न?

नेपाली क्रिकेटको साख बढाएर फर्किए मोन्टी

नेपाली क्रिकेटको साख बढाएर फर्किए मोन्टी

  • खबर सेवा

  • शनिबार, माघ १९, २०८१

  • 77
    SHARES
नेपाली क्रिकेटको साख बढाएर फर्किए मोन्टी

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देसाई पदबाट मन्टी हटेका छन्। नेपाली क्रिकेट एसोसिएसन नेपाल (क्यान) उनीसँग सम्झौता थप नगरेसँगै स्वतः पदबाट बाहिरिएका छन्। भारतीय पूर्व क्रिकेटर देसाई अब स्वदेशकै कुनै क्लवमा आबद्ध हुने चर्चा छ।

देसाईलाई २०७९ को माघ २३ मा आबद्ध भएका थिए। जति बेला नेपाली टिम आईसीसी विश्वकप लिग २ मा खराब अवस्थाबाट गुज्रिरहेको थियो।

देसाईकै प्रशिक्षणमा नेपालले लिगका १२ मध्ये ११ खेलमा जित निकाल्दै  एक दिवसीय मान्यता जोगाएको थियो। देसाईले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको स्मरण गर्दै क्यानले शनिबार उनको प्रशंसा गरेको छ। क्यानले आफ्नो आधिकारिक फेसबुक पेजमा मोन्टीले ल्याएको ह्याप्पी ड्रेसिङ र नेपाली क्रिकेटले प्राप्त गरेको सफलताका लागि उनलाई धन्यावाद दिएको छ ।

देसाईले पछिल्लोपटक ब्याटिङ क्लिनिकमा आफ्नो सेवा दिएका थिए । यही माघको दोस्रो साता मूलपानी क्रिकेट मैदानमा युवा क्रिकेटरका लागि क्यानले ब्याटिङ क्लिनिक आयोजना गरेको थियो । र त्यसमा देसाईले युवा क्रिकेटरलाई प्रशिक्षण दिएका थिए।

देसाईको पालामा नेपालले क्रिकेटमा पाएको सबैभन्दा ठूलो उपलब्धि टी २० विश्वकपमा छनोट र एसिया कपमा छनोट हो । उनै प्रशिक्षणमा नेपालले भारत र पाकिस्तानसँग पहिलोपटक ओडीआई खेलेको थियो । एसिया कपमा नेपालले त्यो अवसर पाएको थियो।

यतिबेला नेपाली क्रिकेट फेरि संकटतर्फ धकेलिरहेको छ। एकदिवशीय मान्यता जोगाउनुपर्ने क्षणमा नेपाली टिम आइपुग्दा अब अर्को प्रशिक्षककोे खाचो देखिन्छ। नेपालका लागि अर्का प्रशिक्षक को आउँलान् यो चासोको विषय बनेको छ।

घरेलु मैदानमा भएका नेदरल्यान्ड्स र नामिबियासँगको हारले नेपाल संकटमा छ। यसपछि अवे खेलमा अमेरिका र क्यानडासँग पनि नेपालले हार व्होरेको थियो। एक दिवसीय मान्यता जोगाउन नेपालले अबका होम र अवे दुवै शृंखला जित्नुपर्ने दबाब छ। यसका लागि नेपालसँग अनुभवी प्रशिक्षकको खाचो छ। अब क्यानले नेपाली प्रशिक्षक कसलाई आबद्ध गराउँछ, त्यो हेर्न बाँकी छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology