अर्थ

टेलिकमको एक वर्षको कमाइ ३० अर्ब, खुद नाफा ६ अर्ब

काठमाडौं। नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८०/८१ मा ४२ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षमा ३० अर्ब ८६ करोड रुपैयाँ खर्च गरेर कर अघिको नाफा ११ अर्ब २५ करोड रुपैयाँ रहेको टेलिकमले जनाएको छ।

टेलिकमको खुद नाफा ६ अर्ब २३ करोड रुपैयाँ हुन पुगेको टेलिकमले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । टेलिकमले गत वर्षको आम्दानीबाट प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ६१ पैसा हुन पुगेको तथ्यांकले देखाएको छ । यस्तो प्रतिसेयर आम्दानी गत आर्थिक वर्ष २०७९/८० मा ४४ रुपैयाँ १६ पैसा रहेको थियो ।

टेलिमले गत वर्षको आम्दानीबाट सरकारलाई विभिन्न ११ शीर्षकमा ४१ अर्ब ५९ करोड रुपैयाँ कर तथा दस्तुर तिरेको छ । यस्तो रकममा अग्रिम आयकर १ अर्ब ७० करोड, मूल्य अभिबृद्धि कर ३ अर्ब ४६ करोड, दूरसञ्चार सेवा शुल्क ३ अर्ब १४ करोड, स्वामित्व शुल्क ८६ करोड, भन्सार शुल्क १७ करोड, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष शुल्क २ अर्ब १५ करोड फ्रिक्वेन्सी दस्तुर २ अर्ब ४ करोड रुपैयाँ तिरेको छ ।

सम्बन्धित समाचार

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...