कला

‘सकम्बरी’ चर्चा : पहिले अभिनयले, अहिले प्रेमले

काठमाडौं । केही समयअघि चर्चामा आएकी कलाकार थिइन्। कुुशुम शर्मा एवं सकम्बरी। गायक प्रकाश सपुतको ‘फूलमाया’बाट चर्चामा आएकी उनले सम्भावना भएकी कलाकारमा गन्निन्। केही म्युजिक भिडियो गरिन् पनि। तर जति म्युजिक भिडियो बढे, त्यति नै चर्चामा कम आउन थालिन् सकम्बरी।

एकाएक हिटबाट, आपसेआप फ्लप बन्दा सकम्बरीको बजार घट्न थाल्यो। बिस्तारै उनी हराउँदै गइन्। तर अहिले फेरि उनको चर्चा चल्न थालेको छ।

सकम्बरीको चर्चा अभिनयले होइन नभई अहिले प्रेमसम्बन्धले भइरहेको छ। नहोस् पनि किन? सामाजिक सन्जालमा छताछुल्ल भएका छन् सकम्बरीका प्रेम। विशेषतः रोमान्टिक टिकटक भिडियोले उनी प्रेममा छिन् देखाउँछ। ग्ल्यामर क्षेत्रभन्दा बाहिरका काठमाडौंमा घर भएका एक युवक विश्व अधिकारीसँग उनी प्रेममा रहेको चर्चा छ ।

टिकटक भिडियोदेखि कमेन्ट हेर्दा यी दुईजना प्रेममा रहेको सहजै बुझ्न सकिन्छ । विश्वले पनि टिकटकमा कुसुमसँगका रोमान्टिक भिडिया हालिरहेका छन् । निकट स्रोतका अनुसार कुसुम र विश्व केही महिनादेखि प्रेम सम्बन्धमा छन्। उनको करियर कति माथि जाला भन्न सकिँदैन तर प्रेम सम्बन्धकै कारण किन नहोस्। सकम्बरीको चर्चा कम छैन।

सम्बन्धित समाचार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...