नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य
काठमाडौँ। महिला त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूजा महतोको अर्धशतकको मद्दतमा ४ विकेटको क्षतिमा १४५ रन बनाएको हो।
पूजाले नटआउट ६२ रन बनाइन्। ५१ बलको सामना गर्दा उनले ५ चौका प्रहार गरिन्। कविता जोशी ६ बलमा ७ रन बनाउँदै नटआउट रहिन्। उनले एक छक्का प्रहार गरिन्। नेपालका लागि ओपनर सम्झना खड्का ६ रनमा र ममता चौधरी १ रनमा आउट भए। त्यसपछि कप्तान इन्दु बर्मा ३९ रनको योगदान गर्दै पेबेलियन फर्किइन्।
इन्दुले ३७ बलमा ५ चौका प्रहार गरिन्। रुविना क्षेत्रीले १७ बलमा तीन चौका प्रहार गर्दै २० रनको योगदान दिइन्। नेदरल्यान्ड्सकी आइरिस ज्विलिङले २ विकेट लिँदा क्यारोलिन डे लैंग र हेदर सिजर्सले समान एक विकेट हात पारे।
नेदरल्यान्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। जारी सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ। यसअघि नेदरल्यान्ड्स र थाइल्यान्डसँग नेपाल समान दुई खेलमा पराजित भएको छ। अन्तिम खेल नेपालले थाइल्यान्डसँग खेल्नेछ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
जय ट्रफी मेन्स एलिट कप : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस
काठमाडौँ। जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल मङ्गलबारदेखि सुरु भएको छ । मुलपानी क्रिकेट मैदानमा सुरु भएको...
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...




