बुधबार, माघ २३, २०८१
English
Follow us:

रवि लामिछानेलाई मुद्दा चलाउनेलाई पनि डण्डा

रवि लामिछानेलाई मुद्दा चलाउनेलाई पनि डण्डा

  • खबर सेवा

  • बुधबार, माघ २३, २०८१

  • 45
    SHARES
रवि लामिछानेलाई मुद्दा चलाउनेलाई पनि डण्डा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अभियोजन गर्ने जिल्ला न्यायाधिवक्तालाई सरुवा गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेललाई सरुवा गरिएको हो।

साहारा बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न लामिछाने विरुद्ध ‘संगठित अपराध’ हटाएर ठगी सम्बन्धी कसुरमा मात्रै मागदावी लिएको आरोपमा उनी तानिएका हुन् ।

अभियोजनमा त्रुटी गरेको आरोपमा लुइँटेल विरुद्ध छानबिन सुरु गरिएको छ । नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।

चितवनमा उच्च सरकारी वकिलको कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई पठाइएको छ । सामान्यतया दुई वर्षमा सरुवा गर्ने गरिएको भए पनि लुइँटेल डेढ वर्षमा तानिएका हुन् । उनी अघिल्लो वर्ष कार्तिक २० मा चितवनमा हाजिर भएका थिए ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology