बिहिबार, फाल्गुन २९, २०८१
English
Follow us:

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

  • खबर सेवा

  • शुक्रबार, माघ २५, २०८१

  • 70
    SHARES
बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

काठमाडौँ। भ्यालेन्सियालाई हराउँदै क्याटलान क्लब बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको क्वार्टरफाइनलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५–० को फराकिलो अन्तरले जित्दै अन्तिम चारमा स्थान बनाएको हो।

बार्सिलोनाका लागि फेरान टोरेसले ह्याट्रिक गरे। फर्मिन लोपेज र लमिन यमालले एकरएक गोल गरे। खेलको पहिलो हाफमै ४–० को अग्रता बनाएको बार्साले दोस्रो हाफमा एक गोल मात्र थप्यो। फेरान टोरेसले खेलको तेस्रो मिनेटमै गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। उनले १७ र ३०औँ मिनेटमा गोल थप्दै पहिलो हाफमा नै ह्याट्रिक पूरा गरे।

खेलको २३औँ मिनेटमा पेड्रीको पासमा फर्मिन लोपेजले बार्सिलोनाको अग्रता फराकिलो पारे। लामिन ले ५९औँ मिनेटमा राफिन्हाको पासमा गोल गर्दै टोलीलाई ५–० को अवस्थामा ल्याए। गएराति नै भएको अर्को क्वार्टरफाइन्लमा रियल सोसिडाडले ओसासुनालाई २–० ले हराउँदै सेमिफाइनलमा पुगेको छ।

योसँगै कोपा डेल रे को सेमिफाइनल समिकरण पूरा भएको छ। यसअघि रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले सेमिफाइनलमा स्थान बनाइसकेका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology