राजनीति

नेसपा नयाँ शक्तिको अध्यक्षमा शिक्षा सुधार अभियान्ता नेत्र चापागाईंको उम्मेदवारी घोषणा

काठमाडौँ। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) आगामी नेतृत्वका लागि शिक्षा सुधार अभियान्ता नेत्र चापागाईंले उम्मेदवारी घोषणा गरेका छन्।

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन माघ २७ देखि २९ गतेसम्म काठमाडौंको कमलादीमा हुँदैछ। शैक्षिक क्षेत्र सुधारका लागि विभिन्न आन्दोलन र अभियान सञ्चालन गर्दै आएका चापागाईंले नेसपा (नयाँ शक्ति)को अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन्।

उनी यसअघि शिक्षा सुधारका लागि माइतीघरमा समेत लामो समय उभिएर आन्दोलन गरेका थिए। उनलाई भेट्न शिक्षामन्त्री विद्या भट्टराई समेत पुगेका थिए। यसअघि उनी नेसपा विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष थिए। बारम्बार एउटै पदमा नबस्ने भन्दै चापागाईंले विद्यार्थी राजनीति छाडे भने अब पार्टी राजनीतिमा होमिदैछन्।

सम्बन्धित समाचार

मध्यरातबाट सुरुभयो मौनअवधि

मध्यरातबाट सुरुभयो मौनअवधि

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै गतराति/मंगलबार बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको...

निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुन्छ : विश्वप्रकाश शर्मा

निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनबाट आफ्नो पार्टी सबैभन्दा ठूलो दलको रुपमा उदय हुने बताउनुभएको छ। सोमवार...

निकोलस भुसालको समर्थन रास्वपा उम्मेदवारलाई

निकोलस भुसालको समर्थन रास्वपा उम्मेदवारलाई

काठमाडौं। रुपन्देही–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समर्थन गर्ने हुनुभएको छ। भुसालले सोमबार...

ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर

ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर

काठमाडौँ। निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रबन्ध मिलाएको बताएको छ। आयोगले...