
काठमाडौं। दिल्ली विधानसभा चुनावमा आम आद्मी पार्टी (आप)लाई धक्का लागेको छ। भारतीय सञ्चार माध्यमका अनुसार हाल भारतीय जनता पार्टी (भाजपा)ले ४७ सीटमा अग्रता लिएको छ भने आम आदमी पार्टी (आप) २३ सिटमा मात्रै अगाडि छ ।
मतपरिणाम अन्ति चरणमा आइपुग्दा आम आदमी पार्टीलाई ठूलो धक्का लाग्ने लगभग पक्का भएको भारतीय सञ्चार माध्यमहरुले दाबी गरेका छन्।
नयाँ दिल्ली विधानसभाको चुनावमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि भाजपा उम्मेदवार प्रवेश वर्माले पछि पारेका छन् । उनी हारको नजिक छन्। अब दिल्लीमा भाजपाको सरकार बन्ने निश्चित भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार २७ वर्षपछि दिल्लीमा भाजपाको सरकार बन्दैछ।