अन्तर्राष्ट्रिय

दिल्ली विधानसभामा भाजपाको सानदार कमव्याक, आपको सिट घट्दा शून्यमा कंग्रेस

भारतको राजधानी नयाँ दिल्ली प्रान्त (विधानसभा)को मतगणना अहिले अन्तिम चरणमा छ। शुक्रबार सम्पन्न मतदानको आज गणना गर्ने क्रममा केही आश्चार्यजनक नतिजा आइरहेका छन्।

यसपटक राजधानी दिल्लीमा सत्तापक्ष भारतीय जनता पार्टी (भाजपा)ले सानदार कमव्याक गरेको छ। भाजपाले अब दिल्लीमा सरकार बनाउन प्रष्ट बहुमत बटुलेको छ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्थान टाइमका अनुसार हालसम्म भाजपाले २७ सिटमा जित निकालेको छ भने २३ सिटमा अग्रता कायम गरेको छ। भाजपाले १३ सिटमा जित हासिल गर्दा ७ सिटमा अग्रता कायम गरेको छ। यता, आइ कांग्रेस नतिजा रअग्रतामै शून्यमा छ। सरकार निर्माण गर्न ३६ सिट आवश्यक पर्छ। भारतीय सञ्चारमाध्यमका अनुसार भाजपाको सरकार बन्न निश्चित देखिन्छ।

केजरीवालले स्वीकारे हार
दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले दिल्ली विधानसभा चुनावमा आफ्नो पार्टीको पराजय स्वीकार गरेका छन्। उनले विपक्षी भाजपालाई बधाई समेत दिएका छन्। एक भिडियो सन्देशमार्फत उनले हार स्वीकारेका हुन्। यो चुनावको नतिजासँगै अब दिल्लीमा केजरीवालको सरकार नबन्ने निश्चित भएको छ।

भाजपाका परवेश वर्माले आम आदमी पार्टीका केजरीवाललाई ४ हजार ८९ मतले पराजित गरेका छन्। वर्माले ३० हजार ०८८ मत पाएका छन् भने दिल्लीका पूर्व मुख्यमन्त्रीले २५ हजार९९९ मत पाएका छन् । कांग्रेस उम्मेदवार सन्दीप दीक्षितले ४५६८ मत प्राप्त गरे।

अरविन्द केजरीवालको आम आदमी पार्टीले कांग्रेससँग गठबन्धनमा २०१३ को विधानसभा चुनाव पछि पहिलो पटक ४९ दिनको सरकार गठन गर्यो। पार्टीले २०१५ मा केन्द्र शासित प्रदेशको ७० सिटमध्ये ६७ सिट जितेर सत्तामा पुगेको थियो।

पछिल्ला केही वर्षहरूमा अरविन्द केजरीवाल र मनिष सिसोदियालगायत आपका धेरै नेताहरूमाथि भ्रष्टाचारको आरोप लागेको छ। केजरीवाल, सिसोदिया, सञ्जय सिंह र सत्येन्द्र जैन महिनौं जेलमा थिए र जमानतमा बाहिर छन्।

सम्बन्धित समाचार

अमेरिका–इजरायलको आक्रमणको विरोधमा यमनको सानामा विशाल र्‍याली

अमेरिका–इजरायलको आक्रमणको विरोधमा यमनको सानामा विशाल र्‍याली

क्षेत्रीय तनाव बढेसँगै प्रदर्शनकारीहरूले यमनको राजधानी सानाका सडकहरूलाई प्रतिरोधको मञ्चमा परिणत गरेका छन् । हुथी समूहका नेताको आह्वानमा गरिएको...

टर्कीद्वारा इरानसँगको सीमानाका अस्थायी रूपमा बन्द

टर्कीद्वारा इरानसँगको सीमानाका अस्थायी रूपमा बन्द

टर्कीले इरानसँगको आफ्नो सीमानामा यात्रु आवागमनलाई अस्थायी रूपमा स्थगित गरेको छ । यद्यपि व्यापारिक कारोबार र आधिकारिक प्रवेश सहज...

सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते

सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते

इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेका बेला सिरियाले सोमवार मध्यरातदेखि लागू हुनेगरी थप २४...

इरानबाट १८ चिनियाँ नागरिकको उद्धार

इरानबाट १८ चिनियाँ नागरिकको उद्धार

इरान र संयुक्त राज्य अमेरिका तथा इजरायलबीचको द्वन्द्व जारी रहेका बेला १८ चिनियाँ नागरिकलाई इरानबाट अजरबैजान उद्धार गरिएको छ।...