राजनीति

नेसपा (नयाँ शक्ति)को पहिलो महाधिवेशनमै बाबुरामलाई युवाको चुनौती, सचिव लड्ने तयारीमा मानुषी

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आइतबारदेखि काठमाडौँमा हुँदैछ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा यही माघ २७ देखि २९ गतेसम्म हुने महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले मत हाल्नेछन्। महाधिवेशनको तयारी सकिएको पार्टीले जनाएको छ।

महाधिवेशनले ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चुन्नेछ। पहिलो पटक महाधिवेशन हुन लागेको नेसपामा अध्यक्षमा बाबुराम भट्टराई आफै आकांक्षी छन्। उनी यसपटक निर्विरोध नहुने भएका छन्। उनीसँग विद्यार्थी नेता एवं शिक्षा सुधारक नेत्र चापागाईं मैदान उत्रदैछन्। चापागाईं आन्तरिक लोकतन्त्रको जर्गेनाका लागि मैदान उत्रिएको बताउँदै आएका छन्।

महासचिवमा डा। जनक शाह, कृष्ण शर्मा र ईश्वर रिजालले आकांक्षा देखाएका छन्। बाबुराम पुत्री मानुषी सचिवमा उम्मेदवारी दिने तयारीमा छन्। यता बाबुराम पत्नी एवं पूर्वमन्त्री हिसिला यमी भने चुनाव नलड्ने बताउँदै आएकी छन्। एकै घरका व्यक्ति धेरैका आकांक्षी हुँदा आलोचना हुने बुझेर यमी नलड्ने योजनामा रहेको नेताहरू बताउँछन्।

सम्बन्धित समाचार

दोलखामा हवाई फायर

दोलखामा हवाई फायर

दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...