बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

आहा! रारामा भिड्दैछन् थ्री स्टार र मछिन्द्र

आहा! रारामा भिड्दैछन् थ्री स्टार र मछिन्द्र

  • खबर सेवा

  • आइतवार, माघ २७, २०८१

  • 76
    SHARES
आहा! रारामा भिड्दैछन् थ्री स्टार र मछिन्द्र

काठमाडौँ। आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा आज (आइतबार) थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लब भिड्दैछन्। पोखरा रगंशालामा हुने खेल दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ।

प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा मछिन्द्रले एपीएफ फुटबल क्लबलाई २–० गोलअन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो।

थ्रीस्टारले भने प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो। थ्रीस्टार क्लब विराज महर्जनको कप्तानीमा मैदान उत्रदैछ। पाँच पटकको च्याम्पियन थ्रीस्टार पहिलो खेलमा जित निकाल्दै उपाधि होडलाई बलियो बनाउन चाहन्छ।मछिन्द्र भने अहिलेसम्म प्रतियोगिताको फाइनल पुग्न सकेको छैन।

३ विदेशीसहित १२ टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology