आहा! रारामा भिड्दैछन् थ्री स्टार र मछिन्द्र
काठमाडौँ। आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा आज (आइतबार) थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लब भिड्दैछन्। पोखरा रगंशालामा हुने खेल दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ।
प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा मछिन्द्रले एपीएफ फुटबल क्लबलाई २–० गोलअन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो।
थ्रीस्टारले भने प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो। थ्रीस्टार क्लब विराज महर्जनको कप्तानीमा मैदान उत्रदैछ। पाँच पटकको च्याम्पियन थ्रीस्टार पहिलो खेलमा जित निकाल्दै उपाधि होडलाई बलियो बनाउन चाहन्छ।मछिन्द्र भने अहिलेसम्म प्रतियोगिताको फाइनल पुग्न सकेको छैन।
३ विदेशीसहित १२ टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
कास्की। मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब...
टी२० विश्वकप २०२६ : श्रीलंकामाथि जिम्बाबेको सानदार जित
काठमाडौं । जिम्बाबेले श्रीलंकामाथि ६ विकेटको रोमाञ्चक जित निकाल्दै आईसीसी टी२० विश्वकप २०२६ मा आफ्नो अपराजित यात्रा कायम राखेको...
टी २० विश्वकप : वेष्ट इन्डिजसँग हार्यो इटाली
काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको आईसीसी टी२० पुरुष विश्वकपअन्तर्गत आज भएको खेलमा इटली वेस्ट इन्डिजसँग...
टी २० विश्वकप : स्कटल्यान्डमाथि जित निकाल्दै नेपालको यात्रा सुखद अन्त्य
काठमाडौँ। नेपालले टी २० विश्वकपमा १२ वर्षपछि जित निकालेको छ। आइसिसी टी(२० विश्वकप २०२६ अन्तर्गत अन्तिम खेलमा स्कटल्यान्डलाई ७...




