समाचार

महोत्सवमा आगलागी

सल्यान। दोस्रो वृहित सल्यानमा महोत्सवमा भीषण आगलागी भएको छ। राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान, सल्यानको आयोजनामा सञ्चालन भइरहेको महोत्सवस्थलमा आगलागी भएको हो ।

पछिल्लो १० दिनदेखि सञ्चालन भैरहेको महोत्सवमा आगलागी हुँदा करोडौं मूल्य बराबरको सामान जलेर नष्ट भएको बताइन्छ । महोत्सवमा राखिएका १३५ स्टल मध्य ८० स्टलमा आगलागी भएको छ ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान, सल्यानका सचिव नोखिराम थापाका अनुसार गत माघ १८ गतेदेखि जारी महोत्सवमा शनिवार नवौं दिन राति आगलागी भएको हो। राति ११ बजे स्टलमा आगलागी भएको थियो । आगलागीबाट ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयद्वारा राति नै आगो नियन्त्रणमा लिएको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले जानकारी दिएका छन् । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार

धनुषा १ : सर्वोच्चले खारेज गर्यो रास्वपाका किशोरी साहको रिट, मातृका यादवको पद जोगियो

धनुषा १ : सर्वोच्चले खारेज गर्यो रास्वपाका किशोरी साहको रिट, मातृका यादवको पद जोगियो

काठमाडौं। सर्वोच्च अदालतले रास्वपा धनुषा १ का उम्मेदवार किशोरी साहले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।...

कुवेतको नेपाली दूतावासले भन्यो : साउदीका लागि भिषा दिन सकिन्छ

कुवेतको नेपाली दूतावासले भन्यो : साउदीका लागि भिषा दिन सकिन्छ

काठमाडौं ।  कुवेतस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई साउदी भिसाको आवेदन दिन सकिने जनाएको छ। त्यसरी दिएको आवेदनपछि सडकमार्गबाट...

महेश बस्नेतसँग अदालतको अपहेलना मुद्दामा लिखित जबाफ माग्ने आदेश

महेश बस्नेतसँग अदालतको अपहेलना मुद्दामा लिखित जबाफ माग्ने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश दिएको छ ।...

झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु

झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु

काठमाडौँ। रूकुम पश्चिममा झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका १० टोड्के घर भई मुसिकोट...