बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

महोत्सवमा आगलागी

महोत्सवमा आगलागी

  • खबर सेवा

  • आइतवार, माघ २७, २०८१

  • 52
    SHARES
महोत्सवमा आगलागी

सल्यान। दोस्रो वृहित सल्यानमा महोत्सवमा भीषण आगलागी भएको छ। राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान, सल्यानको आयोजनामा सञ्चालन भइरहेको महोत्सवस्थलमा आगलागी भएको हो ।

पछिल्लो १० दिनदेखि सञ्चालन भैरहेको महोत्सवमा आगलागी हुँदा करोडौं मूल्य बराबरको सामान जलेर नष्ट भएको बताइन्छ । महोत्सवमा राखिएका १३५ स्टल मध्य ८० स्टलमा आगलागी भएको छ ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान, सल्यानका सचिव नोखिराम थापाका अनुसार गत माघ १८ गतेदेखि जारी महोत्सवमा शनिवार नवौं दिन राति आगलागी भएको हो। राति ११ बजे स्टलमा आगलागी भएको थियो । आगलागीबाट ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयद्वारा राति नै आगो नियन्त्रणमा लिएको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले जानकारी दिएका छन् । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology