बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

घट्यो नेप्से

घट्यो नेप्से

  • खबर सेवा

  • आइतवार, माघ २७, २०८१

  • 73
    SHARES
घट्यो नेप्से

काठमाडौँ। आइतबार सेयरबजार परिसूचक नेप्से ११.४९ अंकले घटेर २६८८.३१ अंकमा बन्द भएको छ। साताको पहिलो कारोबार दिन सूचकसँगै कारोबार रकम पनि खुम्चिएको हो।

यो दिन लगानीकर्ताले ८ अर्ब ३९ करोडको सेयर कारोबार गरे। दिनभरजसो नेप्सेले ओरालो यात्रा गरेको बजारमा २ कम्पनीको मूल्यमा भने पोजिटिभ सर्किट लाग्न पुग्यो।

कुल कारोबारमा आएका ३०५ कम्पनीमध्ये १६८ कम्पनीको मूल्य घट्दा ६८ कम्पनीको मूल्य बढेको छ। यसमध्ये सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफको मूल्यमा सकारात्मक सर्किट लागेको हो।

यस्तै घट्नेमा भने आज सप्तकोशी डेभलपमेन्ट बैंक अगाडि छ। यो बैंकको ६.५२ प्रतिशतले घटेको हो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology