कला

केकी, आर्यन र ‘काकु’लाई मुद्दा, के विषयमा?

काठमाडौं। अभिनेता आर्यन सिग्देल, अभिनेत्री केकी अधिकारी र कलाकार दीपकप्रसाद आचार्य (काकु) सहितका कलाकारको पासपोर्ट दुरुपयोगको मुद्दा काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको छ ।

कलाकारले दिएको किटानी जाहेरीको आधारमा सरकारी वकिलले कार्यालयले यस विषयमा आरोपी रोशन पराजुलीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले मुद्दा गत २४ गते दर्ता भएको जानकारी दिए । उनले उक्त मुद्दा लिखत कसुरमा दर्ता भएको बताए ।

कलाकारहरुले आफ्नो नाम तथा कागजात दुरुपयोग गरिएको भन्दै दुई वर्षअघि नै पराजुलीविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिएका थिए । कलाकारहरूले पराजुलीलाई कलाकारको आवरणमा नर्वेमा फिल्म छायाङ्कन गर्छु भन्दै मानव तस्करी गरेको आरोप लगाएका थिए ।

पराजुलीले ‘तिम्रो नजर’ शीर्षकको फिल्मको छायाङ्कनका लागि केकी, आर्यन, दीपकसहित १४ जना कलाकार तथा प्राविधिकलाई नर्वे लैजाने भन्दै भारतको राजधानी नयाँ दिल्लीस्थित नर्वेजियन दूतावासमा भिसाका लागि आवेदन दिएका थिए । नर्वेजियन दूतावासले काठमाडौँमा रहेको नेपाल पर्यटन बोर्डमा यस सम्बन्धमा बुझेपछि यो प्रकरण बाहिरिएको थियो ।

पराजुलीले यो कार्यका लागि नेपाल पर्यटन बोर्डको नक्कली लेटरप्याड र कार्यकारी प्रमुखको नक्कली हस्ताक्षर र कलाकारहरूको कागजात र हस्ताक्षरसमेत किर्ते गरेको आरोप लगाइएको छ । उक्त प्रकरण बाहिरपछि केकी, आर्यन, दीपकसहितका कलाकारले फेसबुकमार्फत आफ्नो संलग्नता नरहेको बताएका थिए ।

 

सम्बन्धित समाचार

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...