बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

केकी, आर्यन र ‘काकु’लाई मुद्दा, के विषयमा?

केकी, आर्यन र ‘काकु’लाई मुद्दा, के विषयमा?

  • खबर सेवा

  • आइतवार, माघ २७, २०८१

  • 81
    SHARES
केकी, आर्यन र ‘काकु’लाई मुद्दा, के विषयमा?

काठमाडौं। अभिनेता आर्यन सिग्देल, अभिनेत्री केकी अधिकारी र कलाकार दीपकप्रसाद आचार्य (काकु) सहितका कलाकारको पासपोर्ट दुरुपयोगको मुद्दा काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको छ ।

कलाकारले दिएको किटानी जाहेरीको आधारमा सरकारी वकिलले कार्यालयले यस विषयमा आरोपी रोशन पराजुलीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले मुद्दा गत २४ गते दर्ता भएको जानकारी दिए । उनले उक्त मुद्दा लिखत कसुरमा दर्ता भएको बताए ।

कलाकारहरुले आफ्नो नाम तथा कागजात दुरुपयोग गरिएको भन्दै दुई वर्षअघि नै पराजुलीविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिएका थिए । कलाकारहरूले पराजुलीलाई कलाकारको आवरणमा नर्वेमा फिल्म छायाङ्कन गर्छु भन्दै मानव तस्करी गरेको आरोप लगाएका थिए ।

पराजुलीले ‘तिम्रो नजर’ शीर्षकको फिल्मको छायाङ्कनका लागि केकी, आर्यन, दीपकसहित १४ जना कलाकार तथा प्राविधिकलाई नर्वे लैजाने भन्दै भारतको राजधानी नयाँ दिल्लीस्थित नर्वेजियन दूतावासमा भिसाका लागि आवेदन दिएका थिए । नर्वेजियन दूतावासले काठमाडौँमा रहेको नेपाल पर्यटन बोर्डमा यस सम्बन्धमा बुझेपछि यो प्रकरण बाहिरिएको थियो ।

पराजुलीले यो कार्यका लागि नेपाल पर्यटन बोर्डको नक्कली लेटरप्याड र कार्यकारी प्रमुखको नक्कली हस्ताक्षर र कलाकारहरूको कागजात र हस्ताक्षरसमेत किर्ते गरेको आरोप लगाइएको छ । उक्त प्रकरण बाहिरपछि केकी, आर्यन, दीपकसहितका कलाकारले फेसबुकमार्फत आफ्नो संलग्नता नरहेको बताएका थिए ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology