कला

‘सक्किगोनि’ टिमको फिल्म ‘लाज शरणम्’मा बालेनको गीत

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चलचित्र ‘लाज शरणम्’ गीतमा स्वर दिएका छन्। ‘नेपाल हाँसेको’ बोलको गीतमा मेयर शाहको स्वर, संगीत र शब्द रहेको छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ ।

गम्भीर विष्टको नृत्य निर्देशन रहेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिश निरौला, बबिन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ। शाह मेयर भएपछि उनले गाएको गीत सार्वजनिक भएको यो पहिलो पटक हो। मेयर भएपछि उनले हालसम्म कुनै पनि गीत गाएका थिएनन्।

बालेनको लोकप्रियता जस्तै यो चलचित्रको गीत र चलचित्र पनि रुचाइनेमा निर्माण टिमको विश्वास छ। फागुन १४ गते महाशिवरात्रिका दिन प्रदर्शन हुने ‘लाज शरणम्’ ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा।।।’ बोलको गीत सार्वजनिक गरेको थियो।

चलचित्र ‘लाज शरणम्’ हास्य टेलिशृङ्खला ‘सक्किगोनी’ को टिमले बनाएको हो । मुख्य भूमिकामा सीताराम कट्टेल ‘धर्मुस’ रहेको चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन्।

सम्बन्धित समाचार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...