आहा रारामा भिड्दैछन् दुई विदेशी टिम
काठमाडौँ। आहा रारा पोखरा गोल्डकपको अन्तिम क्वार्टरफाइनलमा आज सिक्कीमको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी भिड्दैछन्। पोखरा रगंशालामा हुने खेल दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ। आजको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा हुनेछ।
यसअघि नेपाल पूलिस क्लब, थ्रीस्टार क्लब र चर्च ब्वाइज युनाइटेडले सेमिफाइनलमा स्थान बनाइसकेका छन्। उज्वेकिस्तानको टोलीले पहिलो खेल खेल्न लागेको हो। सिक्कीमको टोलीले भने प्रि–क्वार्टरफाइनलमा संकटा क्लबलाई हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो।
यो खेलको विजेताले सेमिफाइनलमा थ्रीस्टार क्लबको सामना गर्नेछ। थ्रीस्टारले टाइब्रेकरमा मछिन्द्र एफसीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। ३ विदेशीसहित १२ टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
कास्की। मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब...
टी२० विश्वकप २०२६ : श्रीलंकामाथि जिम्बाबेको सानदार जित
काठमाडौं । जिम्बाबेले श्रीलंकामाथि ६ विकेटको रोमाञ्चक जित निकाल्दै आईसीसी टी२० विश्वकप २०२६ मा आफ्नो अपराजित यात्रा कायम राखेको...
टी २० विश्वकप : वेष्ट इन्डिजसँग हार्यो इटाली
काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको आईसीसी टी२० पुरुष विश्वकपअन्तर्गत आज भएको खेलमा इटली वेस्ट इन्डिजसँग...
टी २० विश्वकप : स्कटल्यान्डमाथि जित निकाल्दै नेपालको यात्रा सुखद अन्त्य
काठमाडौँ। नेपालले टी २० विश्वकपमा १२ वर्षपछि जित निकालेको छ। आइसिसी टी(२० विश्वकप २०२६ अन्तर्गत अन्तिम खेलमा स्कटल्यान्डलाई ७...




