रेखा शर्माविरुद्ध मुद्दा नचल्ने भएपछि बालेन : एमालेप्रति आक्रामक, पीडितलाई सान्तवना
काठमाडौँ । केही समयअघि नेकपा एमाले सांसद रेखा शर्माले घरमा काम गर्न राखेकी बालिकालाई दुव्र्यवहार गरेको घटना बाहिरियो। काठमाडौँको घरमा बालिका राखेको तर पशुतुल्य व्यवहार गरेको घटना काठमाडौँ महानगरपालिकाले बाहिर ल्यायो। ती बालिकालाई महानगरले रेस्क्यु गर्यो।
त्यसपछि महनगरपालिकाका मेयर बालेन शाह नेकपा एमाले प्रति आक्रामक बने। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सुशासनको परिचय दिएको भन्दै आक्रामक स्टाटस लेखे। ओली र शर्माको चर्को आलोचना भयो।
नेकपा एमाले लुम्बिनी प्रदेशसभा सदस्य शर्माले आफूलाई त्यस घटनाबारे थाहा नभएको जानकारी दिइन्। सोही घटनाले कानुनी बाटो रोजेको थियो। तर, अहिले सोही घटनामा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको छ। यही घटनाविरुद्ध बालेनले बालिकासँग माफी मागेका छन्। यसअघि बालेनले शर्मालाई कानुनी कारबाही हुनुपर्ने बालेनले माग गर्दै आएका छन् ।
तर, सरकारी वकिल कार्यालयले यो विषमा मुद्दा नै नचलाउने निर्णय गरेपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमा नाबालिकासँग माफी माग्दै नआत्तिन र समय आउने बताएका हुन्।
‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ’, बालेनले फेसबुकमा भनेका छन्, ‘यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम
सम्बन्धित समाचार
निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो
काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...
निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...
निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। कांग्रेसका...
सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने
काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...




