बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गते

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गते

  • खबर सेवा

  • मङ्लबार, माघ २९, २०८१

  • 70
    SHARES
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गते
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्न जाने क्रममा प्रधानमन्त्री ओली। तस्बिर : सचिवालय

काठमाडौँ। प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम फागुन ४ गतेको प्रतिनिधि सभा बैठकमा हुने भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम २०८१ फागुन ४ गतेको बैठकमा हुने बताएका हुन् ।

उनले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ८ मा रहेका सदस्यहरूले फागुन महिनामा प्रश्न सोध्न नियमावलीको नियम ५८ बमोजिम माघ ३० गते बुधबार दिनको ४ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखित रूपमा दिनसक्ने बताए।

संघीय संसद्को बैठक नचलेको दिनमा विषयगत समितिका काम कारबाहीहरू अघि बढाउन समितिका सभापति तथा सदस्यहरूको ध्यानाकर्षण गराए । प्रतिनिधि सभाको अर्को बैठक फागुन ४ गते १ बजे बस्नेगरी स्थगित भएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology