समाचार

घरभित्रै मृत भेटिइन् महिला, हत्या वा आत्महत्याबारे अनुसन्धान हुँदै

काठमाडौँ। झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ। एक्लै बस्दै आएकी ५५ वर्षीया गंगाकुमारी लिम्बूको शव आफ्नै घरभित्र मंगलबार राति फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए।

सोमबारदेखि उनी सम्पर्कमा थिइनन्। छिमेकीले घरको झ्यालबाट हेर्दा गंगाकुमारी भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर दमक अस्पताल पुर्‍याएको छ।

वडाध्यक्ष आङ्गबोका अनुसार गंगाकुमारीका श्रीमान भारतमा बस्दै आएका छन्। उनको मृत्युको कारण खुलेको छैन। घटनाबारे अनुसन्धान सुरु गरिएको झिलझिले प्रहरीले जनाएको छ। रासस

 

सम्बन्धित समाचार

गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा बसोबास गर्दै आएका १२ वर्षीय अनमोल राई चैत ६ गतेदेखि बेपत्ता भएका छन्। उनी आफ्नै...

आमाको नामबाट तीन हजारले लिए नागरिकता

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित

काठमाडौँ। ‘जेन–जी’ आन्दोलनको सत्यता बाहिर ल्याउनुपर्ने माग गर्दै त्रि–चन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब...

पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु

पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु

काठमाडौँ। कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ।...