खच्कियो विदेशी मुद्राको सटही दर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्रा सस्तिएका छन्। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर घटेको हो। अन्य मुद्राको दाँजोमा कुबेती र बहराइन दिनारको मूल्यमा भने निकै गिरावट आएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २३ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ २७ थियो।
यही माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४३ रुपैया ०२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६४ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ३३ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९५ पैसा थियो।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १४ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ९८ पैसा थियो। आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ७७ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ ७१ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ २७ पैसा थियो।
त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर तीन सय ७९ रुपैयाँ ३३ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ ५३ पैसा र बिक्रीदर तीन सय ७२ रुपैयाँ ११ पैसा थियो।
ताजा अपडेट
-
१.
ठूलो धनराशी खर्च गरेर निर्वाचन जित्ने प्रतिनिधिहरूको पहिलो प्राथमिकता खर्च असुली हुन्छः भोजराज पोखरेल
-
२.
जनकपुरबाट अयोध्या सिधा उडान भर्ने तयारी, रामायण सर्किट जोड्न पहल गरिने
-
३.
४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट
-
४.
९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक
-
५.
विदेशबाट फर्केकै दिन आक्रमण, हात–खुट्टा काटिए
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
विदेशबाट फर्केकै दिन आक्रमण, हात–खुट्टा काटिए
सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ३५ वर्षीय देवचन्द्र मुखिया वैदेशिक रोजगारीबाट फर्केकै दिन लुटपाट तथा ज्यान मार्ने प्रयासमा...
महाशिवरात्रि पर्वको अवसरमा देशभर शिवधुनी जगाएर भगवान शिवको आराधना
काठमाडौँ। महाशिवरात्रि पर्वको विशेष अवसरमा देशभरका शिवालयहरूमा शिवधुनी जगाइएको छ । जसले आध्यात्मिक ऊर्जा र भक्तिको सन्देश फैलाएको छ...
चितवनमा निर्वाचन सुरक्षा व्यवस्था मजबुतः राजमार्गमा तालिमप्राप्त कुकुरसहित खानतलासी
काठमाडौँ। चितवन जिल्लाको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित बनाउन सुरक्षा निकायले आफ्नो सक्रियतालाई तिब्र पारेको छ । जिल्ला प्रहरी...
कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम...




